तस्करले नियन्त्रणमा लिएको काठ कर्मचारीको घरमा भेटेपछि छानविन सुरु,साना माछा कार्वाहीको भागेदार ठुलालाई उम्काउने दाउ

3.2k Shares

सामुदायिक वनले बरामद गरेको काठ आफ्नै कर्मचारीको घरमा फेला परेपछि डिभिजन वन कार्यालय सर्लाहीले सोमवारबाट छानविन सुरु गरेको छ । जेठ २२ मा राम जानकी सामुदायिक वन क्षेत्रबाट तस्करले काटेर छाडेको ११ थान सिसौको गोलिया बरामद भएको थियो । उपभोक्ता समूहले बरामद गरेको काठ तत्कालै सव–डिभिजन वन कार्यालय लालबन्दीका कार्यालय प्रमुख देव किशोर साउ र फरेस्टर मीनबहादुर चौधरीलाई आफुहरुले खोजेको वखत पाउने गरी  जिम्मा लगाइएको वनकी अध्यक्ष कल्पना पाख्रिङले बताउनु भयो ।
सो काठ कार्यालयमा नलगी सव डिभिवन वन कार्यालयका कार्यालय प्रमुख साउ र फलेष्टर चौधरी मिलेर फलेष्टर चौधरीले आफ्नो घरमा लगेर राखेको आइतवार नै पाइएपछि डिभिजन वन कार्यालयले अनुसन्धान अघि बढाएको हो ।
फलेष्टर चौधरीले सव डिभिजन वन कार्यालय लालबन्दीका कार्यालय प्रमुख साउको मौखिक आदेशमा  फरेस्टर चौधरीले लगेको ११ वटा गोलिया मध्य आइतबार १० वटा मात्र गोलिया फेला परेको थियो । फलेष्टर चौधरीलाई  तत्कालै बिभागिय कारवाहीका लागि सिफारिस गरी घटनाको विस्तृत जाँचबुझ गर्न अधिकृत स्तरको छानविन टोली गठन गरिएको डिभिजन वन कार्यालय सर्लाहीका डिभिजन वन अधिकृत माधव प्रसाद देवले बताउनु भयो ।

सम्बन्धित समाचार