Close This

सर्लाहीका पत्रकारहरुको पिसिआर परिक्षणका लागि स्वाब संकलन सुरु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-१३ गते   ३१५ पटक हेरिएको

सर्लाहीमा पनि पत्रकारहरुको स्वाब संकलन कार्य सुरु भएको छ । जिल्लाका विभिन्न सञ्चार माध्यममा आबद्ध पत्रकारहरुको पिसिआर विधिबाट कोरोना परिक्षणको लागि  घाँटीको स्वाब संकलन कार्य सुरु भएको नेपाल पत्रकार महा संघ सर्लाही शाखाका अध्यक्ष विश्वनाथ ठाकुरले बताउनु भयो ।
संकलन गरिएको स्वाब परिक्षणका लािग  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइने पनि अध्यक्ष ठाकुरले बताउनु भयो । अहिलेको कोरोना संक्रमणको जोखिम मोलेर  अग्रपंक्तिमा रहेर  रिपोरिङमा  गरि रहेका पत्रकारहरुलाई संक्रमण भए नभएको जाँच गर्ने भन्दै नेपाल पत्रकार महासंघ सर्लाही शाखाको पहलमा स्वाब संकलन सुरु गरिएको हो ।
 पहिलो चरणमा सदरमुकाम मलंगवामा र दोस्रो चरणमा पुर्व पश्चीम लोकमार्ग क्षेत्रमा कार्यरत पत्रकारहरुको स्वाब संकलन कार्य गरिने साथै पहिलो चरणमा २० जना पत्रकारहरुको स्वाब संकलन गरिएको पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष ठाकुरले बताउनु भयो । 
सोमबार जिल्ला सदरमुकामका  पत्रकारहरुका साथै जिल्ला प्रहरी कार्यालय मलंगवामा कार्यरत १७ जना प्रहरीहरुको र ६ जना एम्बुलेन्स चालकहरुको पनि स्वाब संकलन गरिएको महा संघले जनाएको छ । उनीहरूको स्वाब संकलन स्वास्थ्यकर्मी  संजय यादव, राहुल यादव र ज्ञानेन्द्र झाले गरेका जिल्ला जनस्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech