लालबन्दीका तरकारी व्यवसायीद्धारा बाढि पीडितका लागी करिब ३ लाख सहयोग

123 Shares

सर्लाहीको लालबन्दी नगरपालिका–७ स्थित रहेको कृषि थोक बजार व्यवस्थापन समिति भित्र रहेका तरकारी व्यवसायीहरुले भदौ १० गते भोटेकोसीमा आएको बाढीबाट प्रभावितहरुका लागी करिब रु तीन लाख नगद सहयोग गरेका छन् ।
लालबन्दी नगरपालिका–७ स्थित रहेको कृषि थोक बजार व्यवस्थापन समिति भित्र रहेका तरकारी व्यवसायीहरुले नगद रु दुई लाख ७० हजार रकम संकलन गरि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका कृषि थोक बजार व्यवस्थापन समितिले जनाएको छ ।समितिका तरकारी व्यवसायीहरुले संकलन गरेको रकम तरकारी बजार व्यवसायी संघको तर्फबाट कोषमा जम्मा गरिएको हो ।
गएको भदौ १० गते नेपाल–चीन सीमा नजिकै गएको हिम पहिरो र त्यसपछिको बाढीबाट प्रभावितहरुका लागी मानविय सहायतास्वरुप ५४ जना तरकारी व्यवसायीहरुबाट नगद संकलन गरेर कोषमा दाखिला गरिएको तरकारी व्यवसायीहरुले बताएका छन् ।
सो बाढीका कारण करिब १६ लाख मानिस प्रभावित भएको सरकारले सार्वजनिक गरेको पहिलो स्थिति प्रतिवेदनमा उल्लेख गरिएको छ।बाढी तथा पहिरोमा परी हालसम्म करिब एक हजार तीन सय जनाको मृत्यु पुष्टि भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

सम्बन्धित समाचार