सर्लाहीमा साउन महिनामा शिव मन्दिरहरुमा लाग्ने साउने सोमवारी लगायतको धार्मिक मेला, यात्रा तथा जमघटमा रोक लगाईएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी राम कुमार महत्तोका अनुसार कोरोना संक्रमण पूर्ण रुपमा नियन्त्रणमा आउन नसकि रहेको हुँदा जिल्लामा मेला, धार्मिक यात्रा तथा जमघटमा रोक लगाइएको हो । जिल्लामा साउन १५ गतेसम्म निषेधाज्ञा जारी रहेको र अति आवश्यक पुजाआजा बाहेकका गतिविधि नगर्न आग्रह गरिएको छ।
साउन महिनालाई धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले अतिनै महत्वपूर्ण मानिन्छ तर यस वर्षपनि कोरोना महामारीको दोस्रो भेरियण्टलाई मध्य नजर गदै जिल्ला प्रशासन कार्यालय सर्लाहीले जिल्लाका शिव मन्दीरहरु तथा सम्पूर्ण शक्ति पीठहरुमा नित्य पूजा बाहेक अन्य मेला, भेला, धार्मिक यात्रा तथा जमघटमा रोक लगाएको छ ।
साथै जिल्ला प्रशासन कार्यालय सर्लाहीको आग्रहलाई कसैले अवज्ञा गरेको पाइए संक्रामक रोग ऐन, २०२०, कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा बनेको अध्यादेश २०७८ र स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारवाही हुने पनि जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।