मोटरसाईकल दुर्घटनामा २ को ज्यान गयो,१ घाईते

2.9k Shares

पुर्व पश्चीम लोकमार्ग अन्र्तगत सर्लाहीको लालबन्दी नगरपालिका १७ मा मोटरसाईकल दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । भने एक जना घाइते भएका छन । 
लालबन्दी नगरपालिकान १७ घिमिरे चोकमा भएको मोटरसाईकल दुर्घटनामा लालबन्दी नगरपालिका ५ का अन्दाजी वर्ष ५० का ब्रम्हदेव चौधरी र रौतहटको इशनाथ नगरपालिका ७ का वर्ष अन्दाजी ५५ का नन्द किशोर साहको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
शनिबार साँझ ७ बजे प्रदेश नं. २०३०० प ६६८९ नम्बरको मोटरसाईकल र विरित दिशावाट आई रहेको ज १ म २३३ नम्बरको मोरसाईकल एक आपसमा ठक्कर खाँदा भएको दुर्घटनामा ज १ म २३३ नम्बरको मोटरसाईकलमा पछाडी सवार इशनाथ नगरपालिका ७ का श्याम साह घाईते भएका प्रहरीले जनाएको छ ।

दुर्घटनामा संग्लग्न मोटरसाईकलहरु प्रहरीको नियन्त्रणमा रहेको र घाईतेको उपचार भई रहेको साथै मृतकको सव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाईएको प्रहरीले जनाएको छ ।
 

सम्बन्धित समाचार