महाेत्तरीकाे बर्दिवासमा कर्पाेरेट डेभलपमेन्ट बैँक लि.काे शाखा कार्यालय उद्घघाटन भएको छ ।नेपाल राष्ट्र बैँकबाट"ख" वर्गको ईजाजत प्राप्त कर्पाेरेट डेभलपमेन्ट बैँक लि.काे छैटौं शाखा कार्यालय बर्दिवासमा उद्घघाटन गरिएको कर्पाेरेट डेभलपमेन्ट बैँक लि.काे बर्दिवास शाखाका मेनेजर दिवाकर पाेखरेलले जानकारी दिए।
उनका अनुसार बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रल्हाद क्षेत्रीको प्रमुख आतिथ्यता तथा बैँकका अध्यक्ष डा.जैनुदिन अन्सारी लगायत विभिन्न बैँक तथा वित्तिय संस्थाका प्रमुख तथा प्रतिनिधिहरुकाे विशेष उपस्थितिमा कर्पाेरेट डेभलपमेन्ट बैँक लि.काे शाखा कार्यालय उद्घघाटन गरिएको हाे ।
पर्साकाे वीरगन्जमा प्रधान कार्यालय रहेकाे कर्पाेरेट डेभलपमेन्ट बैँक लि.ले सर्लाहीकाे बरहथवा सहित बर्दिवासमा गरि छ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएकाे हाे ।