नाला निर्माणमा पनि वडा अध्यक्ष साहले राजनीति गरेका स्थानीयको गुनासो

214 Shares

सर्लाहीको मलंगवा नगरपालिका २ मा नाला निर्माण कार्य गुणस्तरहिन भएको भन्दै स्थानीयले आपत्ती जनाएका छन्।पुर्वाधार विकास कार्यालय मलंगवा सर्लाहीको करिब ४० लाखको लागतमा मलंगवा नगरपालिका २ स्थित कृष्ण चोकदेखि उत्तर जाने बाटोको दुवै तर्फ निर्माणाधिन अवस्थामा रहेको नाला गुणस्तरहिन भएको भन्दै स्थानीयले आपत्ती जनाएका हुन । 

आर्थिक वर्षको अन्त्यमा हतार हतारमा समिति बनाउने तथा ठेक्का लगाउने र काम गर्ने परम्परा अनुसार नै सुरु भएको मलंगवा नगरपालिका २ स्थित कृष्ण चोकदेखि उत्तर जाने बाटोको दुवै तर्फको करिब २ सय ५० मिटर नाला निर्माण कै क्रममा सरोकारवाला निकायको मौनताकै कारण काम गुणस्तरहिन भएको स्थानीयले बताएका छन् ।
उनीहरुका अनुसार नाला निर्माण स्थलमा एएटा पनि प्राविधिक नआएको र लेभरहरुले आफुखुसी निर्माण गर्दा गुणस्तरहिन भएको छ ।मलंगवा नगरपालिका २ का वडा अध्यक्ष धिरेन्द्र साहले आफुखुसी नाला निर्माणको काम गर्दा कसैलाई काखा कसैलाई काखा गरेको स्थानीयको आरोप छ ।
“रोड से उपर पानी पानी से उपर नाला”भने झैँ रोड भन्दा माथि नाला निर्माण गरिएको,नाला बाङ्गो टिङ्गो बनाईएको,नाला माथि राखिने स्याल्वमा रडको प्रयोग नगरिएको र नाला ढलान गर्दा गुणस्तरहिन निर्माण सामाग्रीको प्रयोग गरिएको स्थानीयको भनाई छ भने निर्माण समाग्री(मसला) कतिको बनाउने भन्ने थाहै नभएको निर्माण उपभोक्ता समितिका अध्यक्ष विकाउ राय यादवले बताए ।उनले आफुलाई केही थाहा नभएको र बुझेर भन्ने बताए ।
राजनितिक आग्रह पुर्वाग्रह नगरेको र नाला निर्माण क्षेत्रमा जग्गाको संरचना नै बाङ्गो टिङ्गो भएकोले सोही अनुसार नाला निर्माण गरिएको मलंगवा नगरपालिका २ का वडा अध्यक्ष धिरेन्द्र साहले बताए ।उनले प्राविधिक कुराहरु आफुहरुलाई थाहा नहुने र प्राविधिकहरु सहित लिएर स्थलगत हेर्ने र समस्या भएमा सुधार गरेर जाने बताए ।
प्राविधिक स्टिमेट अनुसार काम हुने र सोही अनुसार नै गर्ने गरी काम भई रहेको र काम सम्पन्न नहुँदा सम्म भुक्तानी पनि नदिने पुर्वाधार विकास कार्यालय मलंगवा,सर्लाहीका सोभरसियर अमर नाथ यादवले बताए ।उनले पुर्वाधार विकास कार्यालय मलंगवा सर्लाहीको काम प्राविधिक स्टमेट अनुसार नै हुने र काम सुरु गर्नु भन्दा पहिलै निर्माण समिति र वडा कार्यालयलाई प्राविधिक स्टमेट समेत दिएको साथै काम सम्पन्न नहुँदा सम्म कुनैपनि बाहनामा भुक्तानी नदिने बताए ।
आर्थिक वर्षको अन्त्यमा काम सकाउनका लागि मात्रै काम गर्ने तर गुणस्तरको कुनै ख्याल नगर्ने गरिएका कारण नाला निर्माणकै चरणमा स्याल्वहरु फुट्न तथा नाला भत्कीन थालेको छ,भने हतार हतारमा नाला निर्माणका लागि खाडल खन्ने तर निर्माण नगर्ने गर्दा भौतिक क्षेती मात्र नभई वर्षाको समयमा हिल्लामे हुने चिन्ता स्थानीयमा देखिएको छ । यता,पीडित स्थानियले पुर्वाधार विकास कार्यालय मलंगवा,सर्लाही र जिल्ला प्रशासन कार्यालय मलंगवा सर्लाहीमा आवश्यक कार्बाही गरिदिन भन्दै निवेदन समेत दिएको बताएका छन् ।

सम्बन्धित समाचार