ईश्वरपुर ९ मा ज्येष्ठ नागरिकलाई नगर प्रमुख आचार्यद्धारा सम्मान

395 Shares

सर्लाहीको ईश्वरपुर नगरपालिका ९ का ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ।इश्वरपुर नगरपालिका ९ वडा कार्यालयले सामाजिक सुरक्षा भत्ता लिँदै आएका वडा भित्रका सबै वृद्धवृद्धालाई सोमबार(आज)वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो ।

“ज्येष्ठ नागरिकलाई सम्मान गरौँ,सभ्य नागरिकको परिचय दिऊँ”भन्ने नारासहित प्रत्येक ज्येष्ठ नागरिकलाई एक किलोका दरले एक थान हर्लिक्स प्रदान गरी दोसल्ला ओढाएर सम्मान गरिएको इश्वरपुर नगरपालिका ९ का वडाध्यक्ष नन्दलाल चौधरीले जानकारी दिए ।
वडा अध्यक्ष चौधरीको अध्यक्षता तथा इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोजकुमार आचार्यको प्रमुख आतिथ्यतामा आयोजित ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा नगर उप प्रमुख रन्जितादेवी चौधरी,निवर्तमान नगर उप प्रमुख एकावती देवी चौधरी, निवर्तमान वडाध्यक्ष अमिरिलाल चौधरी लगायतको आतिथ्यता रहेको थियो ।

सम्बन्धित समाचार