सर्लाहीकाे क्षेत्र नम्बर ३ मा नेकपा(एमाले)का हरिप्रसाद उप्रेती प्रतिनिधि सभा सदस्यमा विजयी हुनु भएको छ । उहाँ नेकपा(माओवादी केन्द्र) का उम्मेद्वार नरेन्द्र साहलाई करिब १ हजार मतान्तरले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालय सर्लाहीले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृतकाे कार्यालयका अनुसार उप्रेतीले ३२ हजार ९ सय ३८ मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका साहले ३२ हजार १ सय ६८ मत पाउनु भएकाे छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उप्रेतीले ७ सय ७० मतान्तरले साहलाई पराजित गर्नु भएको हाे । जनमत पार्टीका उम्मेदवार त्रिभुवन सिहले ५ हजार ५ सय १९ मत ल्याउनु भएकाे छ। उप्रेती २०७४ सालकाे निर्वाचनमा पनि यसै क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको थियाे ।
अब जिल्लाको निर्वाचन क्षेत्र नं २ प्रदेश सभा (२) र प्रतिनिधि सभा २ काे मतपरिणाम सार्वजनिक हुन बाकी रहेकाे जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।