मोफसलका चर्चित वीरगन्ज युनाइटेड पर्सा र कटारी टाइगर फुटबल क्लब उदयपुर आज हरिपुरमा प्रतिस्पर्धा गर्दै

244 Shares

सर्लाहीको हरिपुर नगरपालिकामा जारी प्रथम हरिपुर गोल्डकप फुटबल प्रतियोगिता २०८२ को चौथो खेल आज मोफसलका दुई चर्चित टिमविच हुने भएको छ । हरिपुर नगरपालिका २ सानो जगतपुरस्थित खेल मैदानमा सञ्चालित प्रतियोगिताको आजको चौथो खेलमा वीरगन्ज युनाइटेड पर्सा र कटारी टाइगर फुटबल क्लब उदयपुरले प्रतिस्पर्धा गर्ने आयोजक नव संघर्षशील यूवा क्लबका अध्यक्ष अमृत घिसिङले जानकारी दिए।उनका अनुसार विभिन्न १० वटा टिमको सहभागीतामा सुरु भएको प्रतियोगिता पुस १ गते सम्म सञ्चालन हुने छ ।
 हरिपुर नगरपालिकाले रु चार लाख र हरिपुर २ ले रु पाँच लाख गरी कुल रु नौ लाख बजेट विनियोजन गरी सुरु गरिएको प्रतियोगिताको बिजेतालाई ट्रफी सहित रु एक लाख ५० हजार र उपबिजेतालाई रु ७५ हजार प्रदान गरिने आयोजक हरिपुर नगरपालिकाका नगर प्रमुख गोपाल पञ्जियारले बताए ।
त्यस्तै प्रत्येक दिनको खेलका म्याद अफ द म्याचलाई रु एक हजार पाँच सय,प्रतियोगिता भरमा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही रु पाँच हजार र प्रतियोगिता कै सर्वोत्कृष्ट एक खेलाडीलाई नगद रु आठ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।पछिल्लो समय स्थानीयस्तर मै खेलाडी उत्पादन तथा प्रोत्साहन गर्न भन्दै स्थानीय तहहरुले विभिन्न किसिमका खेलकुद प्रतियोगिताहरु सञ्चालन गर्दै आएका छन्।

सम्बन्धित समाचार