पर्सा ४ का वडा अध्यक्ष यादव नागरिकता सम्वन्धी कसुरमा पक्राउ

384 Shares

सर्लाहीको पर्सा गाउँपालिका ४ का वडा अध्यक्ष नागरिकता सम्बन्धि कसूरमा पक्राउ परेका छन्।चार जना मानिसहरुले झूठा विवरण राखेर नागरिकता सिफारिस तथा सनाखत गराई नागरिकता दिलाउने काम गर्ने पर्सा गाउँपालिका ४ का वडा अध्यक्ष सुवोध राय यादव पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
कार्यालयका अनुसार झुटो विवरण राखी नागरिकता सिफारिस तथा सनाखत गराई जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट नेपाली नागरिकताको प्रमाण पत्र लिएको र लिन खोजेको कसूरमा अनुसन्धान गर्दा वडा अध्यक्ष यादवको संग्लग्नता देखिएपछि उनलाई पक्राउ गरिएको हो ।पक्राउ परेका पर्सा गाउँपालिका ४ का वडा अध्यक्ष यादवलाई नियन्त्रणमा लिएर सर्लाही जिल्ला अदालतबाट १५ को म्याद लिएर थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
नेपाल भारत खुल्ला सीमानाका साथै नेपाली र भारतिय नागरिकहरु विच पारिवारीक सम्बन्ध रहेका कारण पनि र २०६३ साल र सो भन्दा यता गैर नेपाली नागरिकहरुले समेत नेपाली नागरिकता लिएका समय समयमा चर्चा हुने गरेको छ । भने जिल्लाका स्थानीय तह हरुका जनप्रतिनिधिहरुले कमिसन असुलेर नागरिकता सिफारिस गर्ने गरेका आरोपहरु पनि खेपी रहेका छन् ।

सम्बन्धित समाचार