दुर्गा कुमारी अधिकारी
नेकपा(एमाले)निकट अखिल नेपाल महिला संघ (अनेम संघ)सर्लाहीको अध्यक्षमा सन्चिता घिमिरे चयन भएकी छन् ।बरहथवामा सम्पन्न अनेम संघको तेस्रो जिल्ला सम्मेलनले घिमिरेको नेतृत्वमा ५१ सदस्यीय सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।
.jpg)
अनेमसंघको नयाँ नेतृत्वका लागि घिमिरेसहित रीता मैनाली र बिभा नेपालले दावी गरेका थिए । तर अन्तिममा घिमिरेको नेतृत्वमा सहमती जुटेको एमाले नेता चुडामणी वाग्लेले जानकारी दिए ।

उनका अनुसार नवगठित अनेमसंघ सर्लाहीको उपाध्यक्ष एकाबती देवी चौधरी,सचिव बिभा नेपाल,कोषाध्यक्ष पवित्रा घिमिरे,उप–सचिव प्रमशिला कुशवाहा र मन्जु राउतसहित अन्य सदस्यहरु चयन भएका छन् ।
.jpg)
अनेमसंघ सर्लाहीकी अध्यक्ष एवम बरहथवा नगरपालिकाकी नगर प्रमुख कल्पनाकुमारी कटुवालको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य एवम अनेमसंघकी केन्द्रीय सचिवालय सदस्य निर्मला देवकोटाको प्रमुख आतिथ्यतामा अनेमसंघ सर्लाहीको जिल्ला सम्मेलन सम्पन्न भएको हो । कार्यक्रममा एमाले सर्लाहीकी इन्चार्ज कमलादेवी महतो,जिल्ला अध्यक्ष राजनारायण साह, उपाध्यक्ष विदुरकुमार प्याकुरेल,सचिव केदार खत्री लगायतको आतिथ्यता रहेको थियो ।