Close This

ट्राफिक प्रहरीकै कारण भवन निर्माण कार्य अलपत्र

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-२९ गते   ५९९ पटक हेरिएको

जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीको अलपत्र परेको भवन ः फोटो सहकर्मी रितिक अधिकारी

जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीको भवन निर्माण कार्य अलपत्र परेको छ । लालबन्दी नगरपालिका १ मा  वि.ंसं २०७० सालबाट निर्माण सुरु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीको भवन निर्माण ट्राफिक प्रहरीकै कारण अलपत्र परेको पाईएको छ । 


विभिन्न चन्दादाताहरुबाट संकलीत र स्थानिय निकायबाट दिएको अनुदानमा निर्माण उपभोक्ता समिति मार्फत निर्माण सुरु भएको भवन पछिल्लो समयमा ट्राफिक प्रहरी निरिक्षक सुर्य नारायण यादवका कारण निर्माण कार्य अलपत्र परेको लालबन्दी नगरपालिका १ का वडा अध्यक्ष पञ्चलाल स्याङवोले  बताउनु भयो । जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाही भाडाको घरमा बसी रहेको समयमा स्थानियबासीको पहलमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीको आफ्नै भवन निर्माण गर्ने अभियान थालिएको भएपनि ट्राफिक प्रहरी निरिक्षक यादवले विभिन्न वाहनामा निर्माण कार्यमा अवरोध गरेका कारण निर्माण कार्य अलपत्र परेको वडा अध्यक्ष स्याङवोले  बताउनु भयो ।
स्थानिय व्यापारी व्यावसायीहरु तथा चन्दा दाताहरुबाट निर्माण सामाग्रीहरु तथा नगद संकलन गरेर निर्माण सुरु गरिएको भएपनि ट्राफिक प्रहरी निरिक्षक यादवले विभिन्न वाहनामा कमिसन मागेको भन्ने निर्माण उपभोक्ता समितिका अध्यक्ष र निर्माण कार्यमा संग्लग्न कामदारहरुले गुनासो गरेका वडा अध्यक्ष स्याङवोले  बताउनु भयो ।
प्राविधिक स्टीमेट अनुसार काम भई रहेको समयमा पनि ट्राफिक प्रहरी निरिक्षक यादवले विभिन्न वाहनामा दुख दिने गरेको वडा अध्यक्ष स्याङवोले  बताउनु भएको छ । दोस्रो तला ढलान गर्न बाँकी रहेको मेस तथा शौचालय सहितको सुविधा सम्पन्न आवाश बनाउने प्राविधिक स्टीमेट भएको भएपनि ट्राफिक प्रहरी निरिक्षक यादवले विभिन्न वाहनामा निर्माण भई सकेको पर्खाल भत्काउने गरेको कामदारहरुले गुनासो गरेका वडा अध्यक्ष स्याङवोको भनाई छ । 
विभिन्न दाताहरुबाट तथा स्थानिय निकायहरुबाट संकलीत नगद तथा निर्माण सामाग्रीहरु गरी करिब ३० लाखको लागतमा काम भई सकेको भवन निर्माणमा  ट्राफिक प्रहरी निरिक्षक यादवले धेरै दुःख दिएका कारण आफुहरुले काम गर्न नसक्ने भनेर माौखिक जानकारी पनि गराई सकेको निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रेमहरी काफ्लेले बताउनु भयो । प्राविधिक स्टीमेट अनुसार काम हुँदा पनि ट्राफिक प्रहरी निरिक्षक यादवले विभिन्न वाहना गरेर दुख दिएको भन्दै आफुहरुले ट्राफिक प्रहरीलाई नै निर्माण गर्न आग्रह गरेको अध्यक्ष काफ्लेले बताउनु भयो । करिब ७ वर्ष हुन लाग्दा समेत निर्माण कार्य सुस्त हुदैँ आएको भवन निर्माण कार्य अहिले अलपत्र परेको छ । 
सामुदायिक वनको जमिनमा निर्माण सुरु भएको भवनमा अहिले सम्म करिब ३० लाख बराबरको रकम सकिँदा समेत निर्माण कार्य अलपत्र परेको छ । अझै करिब १५ लाख लागत लाग्ने अनुमान गरिएको अध्यक्ष काफ्लेले बताउनु भयो ।यता सबै माग्नेहरुका  कारण जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण कार्य अलपत्र परेको ट्राफिक प्रहरी निरिक्षक यादवले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech