नेपाल पत्रकार महासंघ सप्तरी शाखाका अध्यक्ष देवको किर्ते हस्ताक्षर,विभिन्न पार्टी निकट ६ पत्रकार संगठनद्धारा आपत्ती

672 Shares

नेपाल पत्रकार महासंघ मधेश प्रदेशका ७ जिल्लाका अध्यक्षहरुले निकालेको संयुक्त प्रेस विज्ञप्तिमा सप्तरीका अध्यक्षको हस्ताक्षर किर्ते रहेको पाइएको छ ।नेपाल पत्रकार महासंघ मधेश प्रदेश स्थित ८ जिल्लाका अध्यक्षहरुको नामसहित हस्ताक्षर भएर जारी गरिएको विज्ञप्तीमा सप्तरी जिल्ला अध्यक्ष श्रवन देवको हस्ताक्षर किर्ते भएको पाइएको हो ।


नेपाल पत्रकार महासंघ सप्तरी शाखाका अध्यक्ष देव विगत करिब एक हप्तादेखि भारत भ्रमण रहेको तथ्य खुलेपछि नेपाल पत्रकार महासंघ मधेश प्रदेशका ८ जिल्लाका अध्यक्षहरुले निकालेको संयुक्त प्रेस विज्ञप्तिमा सप्तरीका अध्यक्ष देवको हस्ताक्षर किर्ते भएको प्रष्ट भएको हो ।


सप्तरीका पत्रकार शिव नारायण साहका अनुसार अध्यक्ष देव आफुसँगै भारत भ्रमणमा रहेका र सो समयमा आठै जिल्लाका अध्यक्षहरुको हस्ताक्षरमा निकालीएको भनिएको विज्ञप्तीमा उनको हस्ताक्षर किर्ते गरिएको हो ।


नेपाल पत्रकार महासंघ मधेश प्रदेशका ७ जिल्लाका अध्यक्षहरुले आफ्ना हनुमान सदस्यहरुलाई नहटाउने र आफुलाई ज्यु हजुरी नगर्ने सदस्यहरुको नाम सदस्यता शुद्धिकरणको बाहनामा हटाउने प्रपञ्च स्वरुप निकालीएको विज्ञप्तीमा सप्तरीका अध्यक्ष देवको हस्ताक्षर किर्ते गरेपछि मधेश प्रदेशका जिल्लाहरुका संचारकर्मीहरु आक्रोसित भएका छन् ।


नेपाल प्रेस युनियन केन्द्रिय कार्यसमितिका उपाध्यक्ष अनिल कुमार कर्णले मधेश प्रदेशका जिल्लाहरुका पत्रकार महासंघका अध्यक्षहरुद्वारा भइरहेको गतिविधिलाई आफूले गम्भीरता पुर्वक नियालिरहेको आफ्नो सामाजिक सञ्जाल मार्फत बताएका छन् । उनले संघीय संरचनालाई लत्याएर अध्यक्षहरुले आफ्नो उद्देश्य प्राप्ती नभएपछि प्रदेश समितिमा हिलो छ्याप्ने काम गर्नु दुःखद रहेको बताए ।उनले यो कदम नसच्चयाए पत्रकार महासंघ मधेश प्रदेशका जिल्लाहरुका अध्यक्षहरुविरुद्ध आन्दोलनको आँधीबेरी सिर्जना गर्ने समेत बताएका छन् ।


प्रेस युनियन मधेस प्रदेशका महासचिव अजय साहले नेपाल पत्रकार महासंघ कै विधान अन्तर्गत नै प्रदेश महासंघ पनि गठन भएको र सोही विधान अनुसार गठित जिल्ला महासंघका अध्यक्षहरुले व्यक्तिगत स्वर्थपूर्तीको लागि आफूले गरेको निर्णय विधान अनुसार हुने र सोही विधान अनुसार गठन भएको माथिल्लो निकाय गलत भन्नु कतिको ठिक छ ?यो सोचनिय र गम्भीर विषय हो भनी समाजिक सञ्जालमार्फत लेखेका छन् ।यसैगरी मधेस प्रदेशका ७ जिल्लाका अध्यक्षहरुले निकालेको संयुक्त प्रेस विज्ञप्ति विरुद्ध सर्लाहीका चार पत्रकार संगठनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।


नेकपा(माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाही,नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियन सर्लाही,नेकपा(एकिकृत समाजवादी) पार्टी निकट नेपाल समाजवादी प्रेस संगठन सर्लाही,मधेशी पत्रकार समाज नेपाल,जनता समाजवादी पार्टी नेपाल(जसपा) निकट प्रेस मञ्च नेपाल र नेपाल समाजवादी पार्टी (नेसपा) निकट प्रेस नेपाल गरी ६ वटा संगठनले नेपाल पत्रकार महासंघ मधेस प्रदेशका ७ जिल्लाका अध्यक्षहरुले निकालेको संयुक्त प्रेस विज्ञप्ति प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन ।
नेपाली पत्रकारिताको प्रवद्र्धन तथा श्रमजीवी पत्रकारहरुको अधिकार सुनिश्चित गर्न सक्रिय भुमिका निर्वाह गर्नुपर्ने र संगठनलाई मजबुत बनाउने सम्पुर्ण पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ मधेस प्रदेशका जिल्ला अध्यक्षहरुले आफू अनुकूलको सदस्यता नभए आन्दोलन गर्ने धम्की दिनु आफैँमा आपतिजनक रहेको दुई संगठनद्वारा विज्ञप्तिमा उल्लेख छ ।
संघिय लोकतान्त्रीक गणतन्त्रात्मक व्यवस्था अनुसार संघीय संरचनालाई अस्वीकार गर्दै नेपाल पत्रकार महासंघ मधेश प्रदेशका आठै जिल्लका जिल्ला अध्यक्षहरुले निकालेको विज्ञप्ति उचित नरहेको उनीहरुले जारी गरेको विज्ञप्तीमा उल्लेख गरेका छन् । नेपाल पत्रकार महासंघको सुर्खेतमा सम्पन्न साधारणसभा र लुम्बिनी भेलाबाट पारित १५ बुँदे मापदण्ड नेपाल पत्रकार महासंघको विधान संसोधनसगै भएका निर्णय भएकाले यसलाई पालना गर्नु हरेक पत्रकारहरुको जिम्मेवारी र दायित्व रहेको भएपनि मधेश प्रदेशका आठै जिल्लाका अध्यक्षहरुले अड्डी कसिरहदा देशै भरका प्रदेश महासंघ पनि सोहि संस्थाको बिधान अनुसार गठन भएका हुन भन्ने बिर्सन नहुने विज्ञप्तीमा उल्लेख छ ।
व्यक्तिगत उद्देश्य पूर्तिको लागि आफुले गरेको निर्णय विधान अनुसार हुने र सोहि विधान अनुसार गठन भएको माथिल्लो निकाय गलत भन्नु कत्तिको ठिक हो ? यो सोचनिय र गम्भीर विषय हो । विज्ञप्तीमा भनिएको छ ।नेकपा(माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाही,नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियन सर्लाही,नेकपा(एकिकृत समाजवादी) पार्टी निकट नेपाल समाजवादी प्रेस संगठन सर्लाही,मधेशी पत्रकार समाज नेपाल,जनता समाजवादी पार्टी नेपाल(जसपा) निकट प्रेस मञ्च नेपाल र नेपाल समाजवादी पार्टी (नेसपा) निकट प्रेस नेपाल गरी ६ वटा संगठनले नेपाल पत्रकार महासंघ मधेस प्रदेशका ७ जिल्लाका अध्यक्षहरुले निकालेको संयुक्त प्रेस विज्ञप्ति प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन । पत्रकार महासंघ जिल्ला कार्य समितिका पत्रकारहरुलाई समेत बैठकमा नबोलाई अध्यक्षहरुले गरेको निर्णय कदापी श्रमजीवी पत्रकारहरुको पक्षमा नरहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार