“घुमौ मधेश,बुझौ मधेश”का संयोजक विकास ठाकुरलाई होटल तथा पर्यटन व्यवसायी संघ सर्लाहीले सम्मान गरेको छ ।सर्लाही सदरमुकाम मलंगवामा एक कार्यक्रमको आयोजना गरी घुमौ मधेश,बुझौ मधेशका संयोजक ठाकुरलाई सम्मान गरिएको होटल तथा पर्यटन व्यवसायी संघ सर्लाहीका अध्यक्ष राजेश शर्माले जानकारी दिए ।उनका अनुसार केही दिन पहिला मात्रै संयोजक चयन भएका ठाकुर सर्लाहीबासी पनि भएकाले थप प्राथमिकताका साथ सम्मान र स्वागत गरिएको हो ।
स्वागत तथा सम्मान कार्यक्रममा घुमौ मधेश,बुझौ मधेशका संयोजक ठाकुरले सर्लाही सहित मधेश प्रदेशका सबै जिल्लामा रहेका धार्मीक तथा पर्यटकिय स्थलहरुको पहिचान गरी पर्यटन प्रर्बद्धन गर्न विभिन्न निकायसंग सहकार्य गरी कार्यक्रम गरिने बताए ।भारतीय पर्यटकहरुलाई उचित बासको व्यवस्थापन गर्न रात्री होटल संचालन गर्न स्थानीय प्रशासनसंग संयोजक ठाकुरले अनुरोध गरे ।उनले मधेश प्रदेश सरकारले दिएको जिम्मेवारी आफनो लागि र प्रदेशको लागि नयाँ भए पनि कार्यक्रम प्रभावकारी हुने समेत बताए ।
जिल्लामा रहेको सबैभन्दा ऐतिहासिक ताल नाढीमन तालको प्रर्वद्धन गरी पर्यटकिय स्थलको रुपमा विकास गर्नु पर्ने,सर्लाहीको गौरवको रुपमा रहेको भरत तालमा आउने भारतिय पर्यटकहरुसंग जथाभावी रुपमा रकम असुल्ने गरिएको गुनासो आएकाले यसलाई सम्बोदन गर्नु पर्ने होटल तथा पर्यटन व्यवसायी संघ सर्लाहीका महा सचिव सन्तोष दासले बताए।होटल तथा पर्यटन व्यवसायी महासंघले “घुमौं मधेश बुझौं मधेश”अभियान अन्र्तगत मधेश प्रदेशका सबै जिल्लाका पाँच पाँच वटा धार्मीक तथा ऐतिहांसिक स्थलहरुको पहिचान गरी पर्यटन प्रवद्धन गर्न अभियान नै बनाएर काम गरि रहेको महासंघका अध्यक्ष हिरालाल गौतमले बताए ।