सर्लाही क्षेत्र नं. १ (ख)बाट प्रदेश सभा सदस्य प्रत्यक्ष तर्फ युवा नेता देवकाेटाकाे दाबी,आफु सांसद भए मधेस प्रदेशको मुहार फेर्ने उद्घघाेष

1.5k Shares

नेपाली कांग्रेसले सर्लाही  क्षेत्र नं. १ (ख)बाट प्रदेश सभा सदस्य प्रत्यक्ष तर्फ यूवा नेता योगराज देवकोटा(युवराज)लाई सिफारस गरेकाे छ । सर्लाही क्षेत्र नम्बर १(ख) बाट कांग्रेसले युवा नेता देवकाेटालाई प्रत्यक्ष तर्फकाे उम्मेद्वार सिफारिस गरेकाे हाे ।
युवा नेता देवकोटाले प्रदेश सांसदको लागि आफु योग्य उम्मेदवार भएको दावी गर्दै आफुले सांसद भएर नागरिकलाई विकासकाे अनुभुती गराउने बताए । उनले आफु युवाहरुको प्रतिनिधि हुँ, पार्टीमा मेरो ठुलो योग्दान छ, पार्टीले मलाई नै विश्वास गरेर टिकट दिने विश्वास लिएको छु ।
उनले अब देश बनाउने तथा हाक्ने समय युवाहरुको भएको बताउदै  आफनो क्षेत्रलाई समृद्धी,विकास तथा शुसासन दिने उद्देश्यले उम्मेदवारी दिएको देवकोटाले बताए  ।अहिलेको परीवेशमा जन्ताहरु पिडामा बाचिरहेका छन,आफु सांसद बनेपछि जनताका विभिन्न पिडाहरुमा मलम लगाइ विकासको स्वाद चखाउने युवा नेता देवकोटाले दावी गरे ।
युवा नेता देवकोटा वि.सं. २०६० साल देखि राजनैतिक यात्रा सुरु गरेका थिए । देवकोटा २०६० सालमा जनज्योती बहुमुखी क्याम्पसलालबन्दीमा इकाइ सदस्य, २०६२/०६३ काे जन आन्दोलनमा सकृय सहभागीता,२०६३ मा जनज्योती बहुमुखी क्याम्पस लालबन्दीमा इकाइ सभापतीमा निर्वाचित भई राजनैतिकमा सक्रिय रहेका थिए ।
यती मात्र नभई २०६३ पश्चात २०६५ मा जनज्योती बहुमुखी क्याम्पस लालबन्दीमा स्ववियु सभापती,२०७२ सालमा नेपाल विद्यार्थी संघ सर्लाही जिल्ला सभापती र २०७८ मा सर्लाही क्षेत्र नम्बर १ बाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा सबै भन्दा बढि मत ल्याएर निर्वाचित भएका थिए । दुई दशकको राजनितिक यात्रामा धेरै दुख कष्ट गरी पार्टीलाई बलियो बनाउने काम गरेको हुदाँ पनि टिकट आफुले नै पाउने देवकोटाको विश्वास रहेको छ । युवा नेता देवकोटा सर्लाहीमा राजनैतिक बाहेक समाजिक क्षेत्रको काममा समेत सक्रिय रहदै आएका छन् । 
मिजासिलाे र भद्र स्वाभवका युवा नेता कांग्रेसका मात्र नभइ सबै युवाहरुका आशाका किरण हुन ।

सम्बन्धित समाचार