फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सर्लाहीका चार वटा निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेस सर्लाहीले ४० जना उम्मेदवारहरु सिफारिस गरेको छ।चार वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रका लागि २२ जना प्रत्यक्ष तर्फ र १८ जना समानुपातिक तर्फ गरी ४० जना उम्मेदवार सिफारिस गरिएको नेपाली कांग्रेस सर्लाहीका कार्यवाहक सभापति डा.सरोज कुमार राय यादवले जानकारी दिए ।
उनका अनुसार सर्लाही क्षेत्र नम्बर १ बाट चार जना प्रत्यक्ष तर्फ र दुई जना समानुपातिक तर्फगरी छ जना,क्षेत्र नम्बर २ बाट पाँच जना प्रत्यक्ष तर्फ र पाँच जना समानुपातिक तर्फ गरी १० जना,क्षेत्र नम्बर ३ बाट १० जना प्रत्यक्ष तर्फ र आठ जना समानुपातिक तर्फ गरी १८ जनाका साथै क्षेत्र नम्बर ४ बाट तीन जना प्रत्यक्ष तर्फ र तीन जना समानुपातिक तर्फ गरी छ जनाको नाम सिफारिस गरिएको हो ।
क्षेत्र नम्बर १ बाट निवर्तमान मन्त्री शम्भुलाल श्रेष्ठ,राम चन्द्र चौधरी,मन्दिरा आचार्य र जुना परियारलाई प्रत्यक्ष तर्फ सिफारिस गर्दा सुशिला कार्की र इस्कीलाल पासवानलाई समानुपातिक तर्फ सिफारिस गरिँदा क्षेत्र नम्बर २ बाट कार्यवाहक सभापति डा.सरोज कुमार राय यादव ,धन्मन्ती देवी,सत्यनारायण राउत,शिवजी राय यादव र जयहरी श्रेष्ठलाई प्रत्यक्ष तर्फ सिफारिस गर्दा ब्रज किशोर मिश्र,सरिता देवी साह,लक्ष्मण राय,अनिता कुमारी देवी यादव र प्रमिला कुमारी बरहीलाई समानुपातिक तर्फबाट सिफारिस गरिएको नेपाली कांग्रेस जिल्ला कार्य समिति सर्लाहीले जनाएको छ ।
त्यसैगरी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेस सर्लाहीका सचिव निरज कार्की,रामवली राय यादव,सिद्धार्थ थापा,हरेश महतो,कृष्ण देव यादव,यसोधा निरौला(चालिसे),विनोद खनाल र निरमुनी मैनाली,माया कार्की(बस्नेत) र रमेश कुमार निरौलालाई प्रत्यक्ष तर्फ सिफारिस गर्दा पुण्य प्रसाद घिमिरे,दान बहादुर बुढाथोकी,देवीमनी काफ्ले,महेन्द्र प्रसाद साह,भागिरथ राई,नित्यानन्द शर्मा(कँडेल),हरिजंग महरा र पद्मा कोईरालालाई समानुपातिक तर्फ सिफारिस गरिएको छ ।
यता,सर्लाही क्षेत्र नम्बर ४ बाट महामन्त्री गगन कुमार थापा,निवर्तमान मन्त्री विरेन्द्र प्रसाद सिंह र सुधिर प्रसाद साहलाई प्रत्यक्ष तर्फ सिफारिस तथा बेबी सिन्हा,श्याम शुन्दर यादव र सुभद्रा देवी महत्तोलाई समानुपातिक तर्फबाट सिफारिस गरिएको नेपाली कांग्रेस सर्लाहीले जनाएको छ ।
क्षेत्रगत सिफारिस भएका र केही छुटेका उम्मेदवारहरुको नामावली संसोधन गरी जिल्ला कार्य समितिले केन्द्रीय समितिलाई सिफारिस पठाउने नेपाली कांग्रेसको व्यावस्था अनुसार सर्लाहीका चार वटै निर्वाचन क्षेत्रबाट सिफारिस भएर आएका उम्मेदवारहरुको नामावली संसोधन गरेर केन्द्रीय समितिमा पठाईएको नेपाली कांग्रेस सर्लाहीका कार्यवाहक सभापति डा. सरोजले बताए ।चार जना प्रत्यक्ष तथा चार जना समानुपातिक तर्फका संसदका लागि ४० जनाको नामावली नेपालदी कांग्रेस जिल्ला समिति सर्लाहीले सिफारिस गरेको हो ।