Close This

दुर्घटनाका गंभिर घाइतेको हेलिकप्टरमार्फत उद्धार

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-३-११ गते   १८१ पटक हेरिएको

 जिल्लाको ईश्वरपुर नगरपालिका–७, धनपती डाँडामा मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाईते भएका एक युवकलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौं लगिएको छ । बा ५० प ४४०२ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा हरिपुर नगरपालिका–८, ईन्द्रपुर बस्ने ३५ वर्षीय दानबहादुर श्रेष्ठ गम्भीर घाईते भएका ईलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ ।
घाईते श्रेष्ठलाई स्थानिय स्वासथ्य संस्थामा प्राथमिक उपचार गरी थप उपचारका लागि शुक्रबार दिउँसो अल्टिटिउड एयरको हेलिकप्टर मार्फत शिक्षण अस्पताल महाराजगन्ज, काठमाण्डौं पठाइएको प्रहरीले जनाएको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech