सर्लाहीको मलंगवा नगरपालिका का नगर प्रमुखले सरकारी सवारी साधन निजी प्रयोजनका लागि दुरुपयोग गरेका पाइएको पछि स्थानीय राजनीतिक वृत्त र सामाजिक सञ्जालमा व्यापक चर्चा सुरु भएको छ। मलंगवा नगरपालिकाका नगर प्रमुख नागेन्द्र प्रसाद यादवलले नगरपालिकाको ना १ झ १६५० नम्बरको सरकारी स्कारपियो शनिबार लिएर लालबन्दीको नगरपालिका ६ स्थित रहेको न्यू लालबन्दी होटल एण्ड लजमा एक महिलालाई लिएर आएको पाइएपछि सो सम्बन्धमा स्थानीयले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई समेत जानकारी गराएका पाइएको छ ।विगत लामो समयदेखि ति महिलासंग अनैतिक सम्बन्धमा रहेका नगर प्रमुख यादवले ती महिलालाई सरकारी सवारी साधन मै राखेर शनिबार तथा आफुलाई कार्यालयमा दिग्दार लागेको दिन लालबन्दीको उक्त होटलमा लिएर आउने र लामो समय सम्म होटल मै बिताउने गरेका रहस्य सार्वजनिक भएको स्रोतको दाबी छ ।स्रोतका अनुसार उक्त होटलमा आउने नगर प्रमुख यादवले कुनैपनि कोठा दर्ता नगर्ने तथा मदिरामा लठ्ठ भएर अनैतिक क्रियाकलाप गर्ने गरेका छन् ।
नगरपालिकाको सरकारी सवारी साधन सरकारी कामकाज र सार्वजनिक सेवाका लागि मात्र प्रयोग गर्नुपर्ने व्यवस्था भएपनि त्यसलाई वेवास्था गर्दै नगर प्रमुख यादवले शनिबार तथा सार्वजनिक बिदाको दिनमा पनि नियम विपरीत निजी सवारी साधन झैँ प्रयोग गर्ने गरेका जिल्ला प्रशासन कार्यालय सर्लाही, जिल्ला प्रहरी कार्यालय सर्लाही र जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीलाई जानकारी भएको भएपनि त्यस कार्यलाई नियमन गर्ने तर्फ सरोकारवाला निकायको कुनै ध्यान नपुगेको स्थानीयको भनाई छ ।
सामाजिक सञ्जालमा फैलिएका तस्बिरहरूमा नगरपालिकाको नम्बर प्लेट भएको सरकारी सवारी साधन कार्यलय समय भन्दा बाहिर आफ्नो नगरपालिका भन्दा बाहिर निजी प्रयोगमा गएको प्रष्ट हुने स्रोतको दाबी छ ।स्थानीय नागरिक तथा केही जनप्रतिनिधिहरूले यस घटनाले सार्वजनिक सम्पत्तिको संरक्षण र सदुपयोग सम्बन्धी प्रश्न उठाएको बताएका छन्।“नगर प्रमुख जस्तो जिम्मेवार पदमा बसेको व्यक्तिबाट यस्तो गतिविधि गर्नु गम्भीर विषय हो,”एक स्थानीयले नाम नबताउने शर्तमा भने, उनका अनुसार“यस प्रकारका गतिविधिले स्थानीय सरकारप्रति जनविश्वास कमजोर पार्छ।”
नेपालको प्रचलित कानुन र स्थानीय सरकार सञ्चालन ऐन अनुसार सरकारी सवारी साधन सार्वजनिक कामका लागि मात्र प्रयोग गर्नुपर्ने व्यवस्था छ।निजी प्रयोजनमा प्रयोग भएमा प्रशासनिक कारबाहीदेखि कानुनी सजायसम्मको प्रावधान रहेको कानुनविद्हरू बताउँछन्।यस पृष्ठभूमिमा आरोप सार्वजनिक भएपछि सरोकारवालाहरूले निष्पक्ष छानबिनको माग गरेका छन्।
त्यस्तै राजनीतिक दलका स्थानीय नेताहरूले पनि घटनाप्रति चासो व्यक्त गरेका छन्।प्रतिपक्षी दलका एक नेताले निष्पक्ष छानबिन समिति गठन गर्न माग गरेका छन्।“सरकारी सवारी साधनको दुरुपयोग शून्य सहनशीलताको विषय हो,आरोप सत्य भए कानुन अनुसार कारबाही हुनुपर्छ।” उनले बताए ।
साथै,प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले आफु बिदामा रहेका कारण सो सम्बन्धमा कुनै जानकारी नभएको बताए ।यता पालिकाहरुसंगको समिक्षा बैठकमा गैर कानूनी गतिविधिहरु को सावलमा ध्यानाकर्षण गराउने गरेको जिल्ला समन्वय समिति सर्लाहीका उप प्रमुख जितेन्द्र कुमार महत्तोले बताए ।
यता,मलंगवा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीले“मैले नगर प्रमुख ज्यूलाई पटक पटक त्यस प्रकारका कार्यहरु नगर्न भनेको भएपनि उहाँले अस्वीकार गरीरहनु भएको छ।” कहिले काँही कार्यालयमा बस्दा तनाव भए खाजा खान जानै नहुने भन्ने नभएपनि राज्यको कानून तथा नीति नियम विपरितका गतिविधिहरुमा नलाग्न आफुले आग्रह गरेको मलंगवा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए ।“सरकारी सवारी साधनको सवालमा आफुले कुनै पासमा हस्ताक्षर नगरेको र नगरपालिका जानु पर्दा पास लिनुपर्ने प्रावधान भएपनि प्राय जनप्रतिनिधिहरुले पास विनै सरकारी सवारी साधनहरुको प्रयोग नगर्ने गरेका, हालका जनप्रतिनिधिहरुको कार्यवधि धेरै बाँकी नरहेका कारण पनि उनीहरु कानूनको धज्जी उडाउने कार्यमा लागेका छन्। ”मलंगवा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए।तर उनले नाम नलेखि दिन पनि कमलामाई मिडिया प्रा।लिसंग अनुरोध गरे ।
यस्ता घटनाले स्थानीय सरकारको पारदर्शिता र जवाफदेहिता बलियो बनाउन थप सुधार आवश्यक रहेको संकेत गर्ने जानकारहरु बताउँछन्।सरकारी सवारी साधनहरुको प्रयोगमा कडाइ, नियमित अनुगमन र सार्वजनिक प्रतिवेदनले मात्र यस्ता समस्या कम गर्न सकिने उनीहरूको भनाइ छ। हालसम्म आरोप प्रमाणित वा खण्डन हुने गरी आधिकारिक कुनै विवरण सार्वजनिक भइसकेको छैन। यस विषयमा थप तथ्य र प्रतिक्रिया आएमा समाचार अद्यावधिक गरिने छ।यता,सो सम्बन्धमा एक सञ्चारकर्मीले कमलामाई मिडिया प्रा।लिलाई फोन गरी उत्त समाचार प्रकाशन नगरी दिन आग्रह गरे ।