लालबन्दी १७ डाँडा टोलबाट तास खेलीरहेका ४ जना पक्राउ

1.2k Shares

शंखर पहाडी(गौरब)
सर्लाहीको लालबन्दी नगरपालिका १७ बाट तास खेलिरहेको अवस्थामा ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
लालबन्दी नगरपालिका १७ डाँडा टोल स्थित आँपको बगैचामा तास खेलि रहेको अवस्थामा लालबन्दी नगरपालिका १७ का अन्दाजी वर्ष ६० का  बेचु बम्जन, लालबन्दी नगरपालिका १७ का अन्दाजी वर्ष ३५ का मान बहादुर बोम्जन,लालबन्दी नगरपालिका ७ का अन्दाजी वर्ष ४९ का राम बहादुर गोले र इश्वरपुर नगरपालिका ५ का अन्दाजी वर्ष ४६ का श्यामलाल तामाङलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
उनिहरुको साथबाट रु ४४ हजार ३ सय ४० र १२ बुक तास समेत बरामद् भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक कैलाश राईले जानकारी दिए ।

उनका अनुसार ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोलीले विशेष सुचनाको आधारमा तास खेली रहेको अवस्थामा उनिहरुलाई नियन्त्रणमा लिएको हो । ईलका प्रहरी कार्यालय लालबन्दीमा प्रहरी प्रमुखको रुपमा  प्रहरी निरिक्षक शान्ताराम कार्की आएपछि गैर कानुनी कार्य गर्नेहरुको निदहराम भएको छ । अनिवार्य अवकाश हुन लागेका कार्की केही दिन पहिला प्रहरी नायव उपरीक्षकमा बढुवा भएका छन् ।

सम्बन्धित समाचार