हरिपुरमा प्रथम हरिपुर खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरु

291 Shares

सर्लाहीको हरिपुर नगरपालिका–७ स्थित हात्तिसार खेल मैदानमा प्रथम हरिपुर खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।हरिपुर नगरपालिका–८ को पिण्डेश्वर नाथ युवा क्लबको आयोजनामा सुरु भएको प्रथम हरिपुर खुल्ला नकआउट फुटबल प्रतियोगितामा सर्लाहीका विभिन्न १२ वटा क्लबहरुको सहभागीता रहेको आयोजक पिण्डेश्वर नाथ युवा क्लबका अध्यक्ष धर्मेन्द्र चौधरीले जानकारी दिए ।
उनका अनुसार कार्तिक १ गते सम्म चल्ने प्रतियोगितामा आयोजक पिण्डेश्वर नाथ युवा क्लब सहित हात्तिसार फुटबल क्लब,गेरुका युवा क्लब,हण्टर युवा क्लब,फरहदवा युवा क्लब,असनमा युवा क्लब,लक्ष्मी नाथ युवा क्लब,नवलपुर फुटबल एकेडेमी,हरिपुर युनाईटेड,घुर्काैली चोक फुटबल क्लब,ब्रम्हबाबा युवा क्लब र एस.जे.जे.वाई.सी  फुटबल क्लबको सहभागीता रहेको छ ।
प्रथम पुरस्कार रु सात हजार र दोस्रो पुरस्कार रु तीन हजार नगदका साथै एक जनालाई म्यान अफ दि म्याच घोषणा गर्दै ट्रफि र १० जनालाई मेडल प्रदान गरिने पिण्डेश्वर नाथ युवा क्लबका सचिव विशेश्वर दासले बताए ।
हरिपुर नगरपालिका–८ का वडाअध्यक्ष हरि बहादुर थापाको प्रमुख आतिथ्यतामा उद्धघाटन गरिएको प्रतियोगिताको पहिलो खेलमा बुधबार गेरुका फुटबल क्लबले हात्तिसार फुटबल क्लबलाई २–० गोल अन्तरले पराजीत गरेको छ।नक आउट प्रणालीमा खेलाईने खेलमा बिहीबार पहिलो खेल लक्ष्मीनाथ युवा क्लब र नवलपुर फुटबल एकेडेमी,दोस्रो खेल आयोजक पिण्डेश्वर नाथ युवा क्लब र असनमा युवा क्लब तथा तेस्रो खेल हरिपुर युनाईटेड र एस.जे.जे.वाइ.सी फुटबल क्लब विच हुने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार