सर्लाहीको गोलभेँडा(टमाटर)मा विषादी,खपत पछि रिपोर्ट सार्वजनिक,उपभोत्तामा चिन्तामा

404 Shares

सर्लाहीमा उत्पादन भएको तरकारी तथा गोलभेँडा(टमाटर)मा समेत अत्यधिक विषादी प्रयोग भएको पाइएको छ ।जिल्लामा उत्पादन हुने टमाटरमा समेत अत्यधिक विषादी प्रयोग भइरहेको तथ्य बाहिरिएपछि उपभोक्ताहरु चिन्तित देखिएका छन्।कीरा तथा रोग लाग्ने डरले व्यापारी र किसानहरूले अत्यधिक मात्रामा रासायनिक विषादी प्रयोग गर्ने गरेका पाइएको हो।गोलभेँडा(टमाटर) छिटो पाकोस्,देख्न आकर्षक होस् र लामो समयसम्म नरम रहोस् भन्ने उद्देश्यले विषादीको प्रयोग भइरहेको पाइएको हो ।
सर्लाहीबाट देशका मुख्य शहरहरुमा पुग्ने सर्लाहीको गोलभेँडा(टमाटर)मा समेत विषादीको प्रयोग हुने गरेको पाइएपनि सरोकारवालाहरुको यस तर्फ ध्यान नगएको उपभोक्ताहरुको आरोप छ ।सर्लाहीबाट काठमाण्डौँ पुर्याईएको गोलभेँडा(टमाटर)मा विषादीको मात्रा निर्धारण गर्न गरिएको परीक्षणमा उच्च मात्रामा कीटनाशक र रासायनिक पदार्थ भेटिएको कृषि विज्ञहरूले बताए।प्रयोग गरिएका विषादीहरूमध्ये केही मानव स्वास्थ्यका लागि अत्यन्तै हानिकारक रहेको भन्दै स्वास्थ्य विशेषज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।परीक्षण गर्दा सर्लाहीको विभिन्न स्थानमा उत्पादन गरिएको गोलभेँडा(टमाटर)मा विषादीको मात्रा मापदण्डभन्दा धेरै रहेको पाइएको कृषि विज्ञले बताए।
स्वास्थ्यमा गम्भीर असर
विषादीयुक्त गोलभेँडा(टमाटर)को लगातार सेवनले पेटको समस्या,एलर्जी,क्यान्सर जस्ता दीर्घकालीन रोगहरूको खतरा बढ्ने चिकित्सकहरू बताउँछन्।“नियन्त्रित रूपमा प्रयोग गरिनुपर्ने विषादी अत्यधिक प्रयोग हुँदा मानिसको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ,”स्वास्थ्यकर्मीहरूको भनाइ छ।
किसानको बाध्यता कि लापरबाही ?
“बजारमा राम्रो मूल्य पाउनका लागि गोलभेँडा(टमाटर) राम्रो देखिनुपर्छ।यदि विषादी प्रयोग नगरेमा टमाटर चाँडै कुहिने,रंग राम्रो नहुने र बिक्री हुन गाह्रो हुने भएकाले बाध्य भएर विषादी प्रयोग गरिएको हो।”एक किसानले बताए।तर,“अर्गानिक तथा न्यून विषादीयुक्त खेतीलाई प्रवद्र्धन गर्न सरकारले दीर्घकालीन योजना ल्याउनुपर्छ,।”कृषि विज्ञहरूको सुझाव छ।
नियमन आवश्यक
तरकारी तथा फलफूल र गोलभेँडा(टमाटर) मा विषादीको मात्रा नियमित परीक्षण गर्ने,किसानहरुलाई सुरक्षित खेतीबारे तालिम दिने र बजारमा विषादी परीक्षण अनिवार्य गर्नेजस्ता उपाय अवलम्बन गर्नुपर्ने सरोकारवालाहरू बताउँछन्।नियामक निकायले चासे नदेखाए विषादीको प्रयोग गरिएको तरकारी तथा गोलभेँडा(टमाटर)को प्रयोगले दीर्घकालीन रूपमा मानव स्वास्थ्य,माटोको उर्वराशक्ति र वातावरणमा समेत नकारात्मक असर पर्ने भएकाले सम्बन्धित निकायहरूले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता रहेको जानकारहरु बताउँछन् ।
उपभोक्ताले तरकारी खाइसकेपछि विषादी परीक्षणको रिपोर्ट
 देशकै ठूलो तरकारी बजार कालीमाटीमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले तरकारी परीक्षणको रिपोर्ट उपभोक्ताले खाइसकेपछि मात्रै रिपोर्ट सार्वजनिक गर्ने गरेको छ ।प्रयोगशालाले बजारमा भित्रिएकामध्ये केही तरकारीको नमुना संकलन गरी परीक्षणको रिपोर्ट निस्किँदासम्म त्यो तरकारी उपभोक्ताले खाइसक्ने गरेको पाइएको हो । 
गत बिहीबार कालीमाटी फलफूल तथा तरकारी बजारमा सर्लाहीबाट भित्रिएका दुई गोलभेँडा(टमाटर)को नमुना परीक्षणको रिपोर्टमा खान नहुने विषादी भेटिएको भएपनि गोलभेँडा(टमाटर) उपभोत्ताले खाई सक्दा पनि रिपोर्ट नआएपछि उपभोक्ता झन समस्यामा परेका छन् ।विषादीको रोकावट दर ३५ प्रतिशतभन्दा बढी हुनुलाई खान अयोग्य मानिने भएपनि परीक्षणको रिपोर्टमा अर्गानोफन्टफेट नामक विषादीको अवशेष ८३ दशमलव ६५९ र ७२ दशमलव ७५३ प्रतिशत भेटिएको प्रयोगशाला स्रोतले जनाएको छ ।
प्रयोगशालाले सर्लाहीका दुई किसान प्रेम गोपाली र धानचरी लामाले ल्याएको गोलभेँडा(टमाटर) परीक्षणपछि घातक विषादी भेटिएकाले नष्ट गर्नुपर्ने भनेर कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति समक्ष रिपोर्ट दिएको थियो।तर घातक विषादी भेटिएको गोलभेँडा(टमाटर)सबै बजार हुँदै उपभोक्ताको भान्सामा पुगिसकेको थियो ।थोरै बाँकी रहेको गोलभेँडा(टमाटर) समितिको नेतृत्वमा नष्ट गरिएको छ । 
कालीमाटी समितिका अनुसार बजारमा सामान्यतया तरकारी राति १२ देखि बिहान ३ बजेभित्र आइसक्ने र बिहान ३ बजेदेखि ६/७ बजेसम्म बजारमा भित्रिएको करिब सबै तरकारी स्थानीय बजार, खुद्रा बजार हुँदै उपभोक्ताको भान्सामा पुगि सक्छ । तरकारी भान्सामा पु¥याइसकेपछि बल्ल विषादी परीक्षण भएको रिपोर्ट सार्वजनिक हुने गरेको यो पहिलो घटना होइन । कालीमाटीमा मात्र नभई केन्द्रीय प्रयोगशाला अन्तर्गत रहेका सबै प्रयोगशालामा परीक्षण गर्ने शैली यस्तै रहेको प्रयोगशालामा कार्यरत कर्मचारीहरु नै स्वीकार गर्छन् । 
हाल प्रयोगशालाले गर्दै आएको परीक्षणको प्रभावकारिता कमजोर हुँदै गएको कालीमाटी फलफूल तथा तरकारी बजार थोक व्यापारी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले बताए।राति आएको तरकारी बिहान ३ बजेदेखि स्थानीय बजारमा पु¥याउन थालिन्छ।प्रयोगशालाका कर्मचारी ६/७ बजे आएर नबिकेका तरकारीको नमुना लिएर परीक्षण गरी खान नहुने प्रतिवेदन दिएर केही अर्थ नहुने अध्यक्ष आचार्यले बताए ।

सम्बन्धित समाचार