टाउको खोलामा भेटिएका युवाको शरिर झाडिमा भेडियो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-४-२७ गते   ६४९ पटक हेरिएको

सर्लाहीको हरिवन  नगरपालिका ४ स्थित लखन्देही पुल तल वेवारिसे अवस्थामा फेला परेको पुरुषको टाउकाको शरिर फेला परेको छ ।विगत करिब ४ दिन पहिला भारतको सितामाढी जिल्ला अन्तर्गत मनियारी बस्ने अन्दाजी २३ वर्षीय अभिशेष राज(गोलु)को टाउको पुर्व पश्चिम राजमार्ग अन्तर्गत हरिवन  नगरपालिका ४ स्थित लखन्देही पुल तल वेवारिसे अवस्थामा फेला परेको थियो भने बाँकी शरिर खोज्ने क्रममा शनिबार दिउँसो लालबन्दी नगरपालिका १७ स्थित कालिन्जोर पुल नजिकै झाडीमा फालिएको अवस्थामा शरिर फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार प्रहरी टोलीले लगातार खोजी गर्दै जाने क्रममा पुर्व पश्चिम राजमार्ग अन्तर्गत लालबन्दी नगरपालिका १७ स्थित कालिन्जोर पुल नजिकै झाडीमा फालिएको अवस्थामा अभिशेषको शरिर फेला परेको हो ।
वेवारिसे अवस्थामा झाडीमा फालिएको शवलाई आवश्यक प्रक्रिया पुरा गरि पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको प्रहरी उपरिक्षक सुवेदीले जानकारी दिए । भने अपराधिहरुको खोजी कार्यजारी रहेको प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech