Close This

पहिलो कार्यकालमा सिकेको कुरा दोस्रो कार्यकालमा पुरा गर्ने छु : चन्द्रपुर १ का निवर्तमान वडा अध्यक्ष रखाल

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१-१७ गते   १७५९ पटक हेरिएको

रौतहटको चन्द्रपुर नगरपालिका १ का निवर्तमान वडा अध्यक्ष विर बहादुर रखाल मगरले पुन वडा अध्यक्ष पदमा उम्मेदवारी दिनु भएको छ । नेकपा(एमाले)बाट २०७४ सालमा वडा अध्यक्षमा निर्वाचित हुनु भएको रखालले नेकपा(एकिकृत समाजवादी) पार्टीबाट पुन दोस्रो कार्यकालको लागि वडा अध्यक्ष पदमा उम्मेदवारी दिनु भएको हो ।
आफ्नो पहिलो कार्यकालमा काम गर्दै जाँदा केही काम अधुरा रहेका र ती कामहरु पुरा गर्नको लागी पुन ः दोस्रो कार्यकालको लागि आफु वडा अध्यक्षमा उठेको निर्वतमान वडा अध्यक्ष रखालले बताउनु भयो । उहाँले आफ्नो पहिलो कार्यकालमा वडाबासीको मन जित्ने गरी काम गरेको दाबी गर्दै दोस्रो कार्यकालका लागि आफुलाई अमुल्य मत दिएर वडाबासीले जिताउने विश्वास व्यक्त गर्नु भयो ।
पहिलो कार्यकालको करिब २ वर्ष स्थानिय निकायको नियम, कानुन, ऐन,प्रणाली सिक्न  र पुर्ण अनुभव बटुल्न लागेका कारण पनि आफ्ले गर्नु पर्ने जति काम गर्न नपाएको बताउँदै उहाँले अब जनप्रतिनिधि भएर बाकी रहेको काम पुरा गर्ने बताउनु भयो ।
उहाँले कमलामाई मिडिया प्रा.लिसंग संक्षिप्तमा कुरा गर्दै आफनो पहिलो कार्यकालमा चन्द्रपुर नगरपालिका १ को करिब ८५ प्रतिशत सडकहरु कालोपत्रे गरेको,स्वास्थ्य क्षेत्रमा आफनै कार्यकालमा वर्थिङ सेन्टर भवन निमार्ण गरी संचालन गरेको,वाडमा बाकी रहेका अधुरा काम पनि आफैले पुरा गर्न पाउने अपेक्षा अनुसार आफु  दोस्रो कार्यकालको लागि वडा अध्यक्ष पदमा उम्मेदवारी दिएको बताउनु भयो ।
आफनो पहिलो कार्यकालमा भौतिक पुर्वाधारका विकाश,नुनथर क्षेत्रको विकाश ब्रह्मस्थानको भौतिक पुर्वाधारको विकाश विभिन्न स्थानमा सिचाई नाला निमार्ण लगायतका कामहरु गरेको बताउनु भयो । उहाँले करिब साडे ४ वर्षको अन्तरालमा २ वर्ष सिक्न नै लागेको र करिव साडे २ वर्षमा चन्द्रपुर नगरपालिका १ मा धेरै काम भएको दाबी गर्नुभयो । अब निर्वाचित भएपछि स्वरोजगारका कामहरु,किसानहरुलाइ आत्मनिर्भर बनाउने योजनाहरु र पहिलो कार्यकालमा पुरा गर्न बाँकी रहेका अधुरा कामहरु गर्ने बताउनु भयो ।
बैशाख ३० गतेको स्थानिय निकायको निर्वाचनका लागि चन्द्रपुर नगरपालिका १ मा  नेकपा(एमाले)को तर्फबाट चन्द्र बहादुर लामिछाने मगर,नेपाली कांग्रेसको तर्फबाट बलराम राउत,नेकपा(एकिकृत समाजवादी)को तर्फबाट निवर्तमान वडा अध्यक्ष रखाल लागायतले वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech