Close This

एकिकृत पाठयक्रम प्रवोधिकरण तालिम हरिपुरमा सुरु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-७-१५ गते   ४४ पटक हेरिएको

सर्लाहीको हरिपुर नगरपालिकामा एकिकृत पाठयक्रम प्रवोधिकरण तथा क्षमता विकास तालिम सुरु भएको छ । हरिपुर नगरपालिकाको शिक्षा शाखाको आयोजनामा सुरु गरिएको तालिममा सामुदायिक विद्यालयका कक्षा १ देखि ३ सम्मका शिक्षक शिक्षिकाहरुहरुका लागि एकिकृत पाठयक्रम तालिम सुरु गरिएको हरिपुर नगरपालिकाका नगर प्रमुख जमरुदिन मन्सुरले जानकारी दिनु भयो ।
सोमवार(आज) देखि सुरु भएको एकिकृत पाठयक्रम प्रवोधिकरण तथा क्षमता विकास तालिम १७ गते बुधवार सम्म संञ्चालन हुने प्रशासकीय अधिकृत राजकुमार दासले बताउनु भयो ।
हरिपुर नगरकार्यपालिकाको सभा हलमा सुरु गरिएको तालिममा हरिपुर नगर प्रमुख मंसुर, उप–प्रमुख रेणुका काफ्ले, शिक्षा शाखा प्रमुख नागेश्वर राय, शिक्षक महासंघ हरिपुरका अध्यक्ष सुरेश मिश्र लगायत नगरभित्रका कक्षा १ देखि ३ सम्मका शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech