Close This

लालबन्दी ५ का ५० जना जेष्ठ नागरिकलाई वडा अध्यक्षद्धारा सम्मान

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-९-६ गते   ३३१ पटक हेरिएको


सर्लाहीको लालबन्दी नगरपालिका ५ ले आफ्नो वडाका ५० जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ । 
आफ्नो वडाले आईतबार र सोमबार गरि ५० जना जेष्ठ नागरिकलाई सम्मान गरेको लालबन्दी नगरपालिका ५ का वडा अध्यक्ष मोहन भण्डारीले बताउनुभयो ।


५० जना जेष्ठ नागरिकलाई हर्लिक्ससहित दोसल्ला ओढाएर सम्मान गरेको वडा अध्यक्ष भण्डारीले बताउनु भयो । वडा कार्यालयले जेष्ठनागरिक सम्मान कार्यक्रमका लागि रु १ लाख बजेटको व्यावस्था गरेको वडा अध्यक्ष भण्डारीको भनाई छ ।


वडा नम्बर ५ को शान्ती टोल र रञ्जीतपुरमा गरिएको दुई कार्यक्रममा गरि ७५ वर्षनाघेका ५० जना वडाबासी जेष्ठ नागरिकलाई वडा अध्यक्ष भण्डारीले सम्मान गर्नु भएको अनेरास्वावियुका केन्द्रीय सदस्य शिवराज धमालाले जानकारी दिनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech