पुर्व पश्चीम लोकमार्ग पाँच वर्षमा पुर्ण निर्माण हुन्छः कार्यालय प्रमुख केशरी

2.5k Shares

पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सर्लाहीको बाँकेदेखि बाराको पथ्लैया सम्मको सडक खण्डमा पर्ने पुलहरु दिनप्रतिदिन जिर्ण हुँदै गएका छन् । निर्माण भएको लामो समय हुनु र समय समयमा मर्मत नभएका कारण पुलहरु जिर्ण हुँदा सवारीसाधन आवागमनमा समस्या हुन थालेको छ । 
लोकमार्गको बाँके,फुलजोर,कान्लिजोर,लखनदेही, चापिनी,बागमती,पसहा, बालगंगा र लालबकैया लगायतका खोलाका पुलको पिच भत्किएर ठुल्ठुला खाल्डा भएको  छ । जसका कारण सवारी साधनहरु घण्टौं जाममा परेर एकतर्फी आवागमन गर्नु पर्ने बाध्यता शुरु भएको छ । पुलको दुरावस्थाका कारण सवारी चलाउन डर लाग्ने गरेको चालकहरुले गुनासो गरेका छन् । खाल्डा खुल्डीमा गाडी बचाएर पार गर्नु पर्ने अवस्था रहेको साथै सवारीको चापका कारण दुर्घटनाको जोखिम बढेको ट्राफिक प्रहरीले जनाएको छ । 
एकतर्फी आवगनमका कारण घण्टौदेखि पुलको छेउमा जाममा बस्नु परेको यात्रीहरुको समेत गुनासो छ ।  पुल तथा सडक जिर्ण हुँदा यातायात सेवा निकै प्रभावित बनेको प्रदेश २ प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख प्रहरी उपरिक्षक हिमालय  कुमार श्रेष्ठले बताउनु भयो । आवागमन सहजताका लागि चौबिसै घण्टा ट्राफिक प्रहरी सक्रिय रहेको उहाँले जानकारी दिनुभयो । 
 सर्लाही र महोतरी जोट्ने बाँके खोला देखि बाराको पथ्लैया सम्मको सडक र पुल जिर्ण अवस्थामा पुगेको छ । जिर्ण सडक तथा पुलहरुको तत्काल सुधार गरिदिन सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरसँग अनुरोध गरेको स्थानिय जनप्रतिनिधिहरुले बताएका छन् ।
सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका कार्यालय प्रमुख नरेश प्रसाद केशरीले अहिले बर्षाको समय भएका कारण सामान्य मर्मत सम्भार हुने र सिरहाको बन्दीपुरदेखि बाराको पथ्लैयासम्मको सडक र पुलहरुको पुर्ण मर्मत हुने बताउनु भयो । उहाँका अनुसार  पुरानो सडकका साथै सवारीको चाप भएका कारण पनि सडक जताततै भत्किँदा सडकमा ठुल्ठुला खाल्डा भएका छन् । 
सडकमा भएका खाल्डा पुर्न ठेक्का लागि सकेको र रिसिलिङ्गको काम गर्ने र त्यसका लागि यसियाली विकास बैकले काम गर्ने सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख केशरीले बताउनुभयो । उहाँका अनुसार प्रदेश २ को कमलानदीदेखि पत्थैया सम्म बस्ती नभएका स्थानमा चार लेन र बस्ती भएका स्थानमा ६ लेनको बाटो बनाउन ५ वर्षे योजनाका साथ ठेक्का लागि सकेको छ । ७० प्रतिशत यसियाली विकास बैकले र ३० प्रतिशत सडक वोर्डले लगानी गरेर ५ वर्षमा बाटो निर्माण हुने साथै पुलहरुको पनि मर्मत सम्भार गर्ने र पछि पुलहरु पनि पुर्ण निर्माण गरिने कार्यालय प्रमुख केशरीले बताउनु भयो ।
स्किल अर्डर पुल र पुरानो सडक भएका कारण पनि पुलमा अहिले मर्मत सम्भार नहुने साथै पानी रोकिएपछि मर्मत सम्भारको काम गर्ने सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । यसियाली विकास बैकले  आगामी ५ वर्षमा कमलानदीदेखि पत्थैया सम्म बस्ती नभएका स्थानमा चार लेन र बस्ती भएका स्थानमा ६ लेनको बाटो बनाउने साथै पुरानो बाटोलाई तत्कालका लागि मर्मत गर्ने र पछि ४ लेन तथा ६ लेन तयार भएपछि सबै बाटोलाई पुरै  कालोपत्रे गर्ने भन्दै ठेक्का लागेको कार्यालयले जनाएको छ ।  सो सडकको मर्मत सम्भारका लागि इम्डुंग,ठोकर ,इलाईट साह(जेभी)ले करिब रु १० करोडमा ठेक्का लिएको कार्यालय प्रमुख केशरीले जानकारी दिनु भयो ।

सम्बन्धित समाचार