स्व.यादवको २९ औं स्मृति दिवस आज हरिवनमा मनाइने

गणेश खड्का    प्रकाशित: २०८०-५-२ गते   ३२५ पटक हेरिएको

जनयुद्धको तयारीको क्रममा तत्कालीन सत्ताद्वारा निर्मम हत्या गरिएका स्व.रामबृक्ष यादवको २९औं स्मृति दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरि मनाईने भएको छ । 
माओवादी केन्द्रका तत्कालीन केन्द्रीय सदस्य स्व.यादवको २९ औं स्मृति दिवस नेकपा(माओवादी केन्द्र जिल्ला समन्वय समिति सर्लाहीले भदौ २ गते(आज)हरिवन नगरपालिका ११ स्थित रहेको हरिवन नगरपालिकाको पुरानो भवनको सभाहलमा स्मृति दिवस मनाउने तयारी गरेको छ ।
मधेश प्रदेशका सबै जिल्लाहरुमा स्व.यादवको २९ औं स्मृति दिवस मनाउने कार्यक्रम अन्र्तगत माओवादी केन्द्र जिल्ला समन्वय समिति सर्लाहीले हरिवन नगरपालिकाको पुरानो भवनको सभाहलमा मनाउने तयारी गरेको जिल्ला सह इन्चार्ज लुमणी धिमाल(लोचन)ले जानकारी दिए ।
राजनैतिक परिवर्तनहरु तथा व्यावस्था परिवर्तनका लागि अतुलनिय योगदान पुर्याएका स्व.यादवको सम्झनामा मधेश प्रदेशका जिल्लाहरुमा कतै प्राविधिक शिक्षालय,कतै पार्कहरु त कतै सालिक निर्माण गरिएका छन् ।
स्व.यादवको २९ औं स्मृति दिवस कार्यक्रममा माओवादी केन्द्र सर्लाहीका नेता कार्यकर्ताहरुलाई उपस्थितिको लागि पनि आग्रह गरिएको माओवादी केन्द्र जिल्ला समन्वय समिति सर्लाहीले आग्रह गरेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech