प्रसाईले गरे अस्पतालको नाममा रहेको धनिपुर्जा किर्ते,खण्डन गर्ने प्रमाण नभएपछी सार्वजनिक रुपमा गालीगलौज

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-९-११ गते   १००० पटक हेरिएको


झापाका व्यवसायी दुर्गा प्रसाईले अस्पतालको नाममा रहेको जग्गाधनी पुर्जा किर्ते गरेको खुलासा भएको छ । झापाको बिर्तामोडमा संचालित बि एण्ड सि अस्पतालले मेडिकल कलेज खोल्ने प्रयोजनका निम्ति विभिन्न सरकारी निकायमा पेश गरेको जग्गाधनि पुर्जा नै किर्ते गरेको पाईएको हो ।
 प्रसाईले सरकारी मापदण्ड पुरा गर्ने नाममा हँुदै नभएको जग्गाको धनिपुर्जा आफैँ बनाएर विभिन्न मंन्त्रालय र बिभागमा पेश गरेका झापाबाट स्थानीय सञ्चारकर्मी पुजन घिमिरेले जानकारी दिए ।
उनका अनुसार प्रसाईले अस्पताललको नाममा खरिद गरेको साबिकको धाईजन गाबिस वडा नम्बर ४ मा रहेको कित्ता नम्बर ७०६ को जग्गाधनी पुर्जा किर्ते गरेर सम्बन्धित सरकारी निकायहरुमा पेश गरेका हुन । उनले कित्ता नम्बर ७०६ को पाँच बिगाहा आठ कठ्ठा १३ धुर जग्गाको क्षेत्रफललाई १० बिगाहा १२ कठ्ठा १३ धुर बनाएर सरकारी निकायमा पेश गर्दै अस्पताल खोल्ने स्विकृति लिएको खुलेको छ । सक्कली जग्गाधानी धनीपुर्जालाई कम्प्युटर प्रबिधिको प्रयोग गरी ५ बिगाहाको स्थानमा १० र ८ कठ्ठाको स्थानमा १२ कठ्ठा बनाईएको पाइएको हो ।
जिल्ला मालपोत कार्यालय झापाको श्रेस्तामा समेत उक्त जमिन पाँच बिगाहा आठ कठ्ठा १३ धुर मात्रै रहेको देखिएको छ । मालपोत झापाले समेत उक्त जमिन ५ बिगाहा ८ कठ्ठा १३ धुर मात्रै रहेको जनाएको छ ।
किर्ते गरिएको कागजात स्वास्थ्य मन्त्रालय,शिक्षा मन्त्रालय,चिकित्सा शिक्षा आयोग र काठमाण्डौ बिश्वबिद्यालय बुझाईएको छ । प्रसाईको अस्पतालसँग तत्काल करिब १२ बिगाहा मात्रै जग्गा रहेको तर तीन सय शैयाको अस्पताल खोल्न करिब १६ बिगाहा भन्दा बढी जमिन चाहीने भएपछी धनिपुर्जा नै किर्ते गरी क्षेत्रफल बढाइएको अस्पताल स्रोतको दाबी छ । सोही किर्ते धनिपुर्जाका आधारमा सम्बन्धित निकायले प्रसाईलाई मेडिकल कलेज खोल्ने अनुमती दिएपछी प्रसाईले सरकारलाई नै गुमराहमा राखेको पुष्टि भएको झापाबाट स्थानीय सञ्चारकर्मी घिमिरेले बताए ।
यता,प्रसाईले अस्पतालको नाममा खरिद गरेको जमिन ५ बिगाहा ८ कठ्ठा १३ धुर मात्रै रहेको जग्गा बिक्रिी कर्ताहरुले जानकारी दिएका छन् । स्थानीय देवेन्द्र फागो र बुद्धमाया फागोको नाममा रहेको जमिन प्रसाईले २०६८ सालमा खरिद गरेको जग्गा कारोबारमा सहजिकरण गरेका प्रेम नेम्बाङले बताए । प्रसाईले २०६८ सालमै जग्गा खरिद गरेको भएपनि २०७१ सालमा धनीपुर्जा किर्ते गरेको प्राप्त कागजातले पुष्टि गरेको स्थानीय सञ्चारकर्मी घिमिरेले बताए ।
यस्तै सरकारी निकाय मात्रै होइन देशका ठूला–ठुला बैङ्क समेत प्रसाईको किर्ते प्रकरणको जालोमा फसेका छन् ।उनले सोही धनिपुर्जाको आधारमा स्वीकृत भएको बिएण्डसि अस्पताल र त्यही जमिन समेत धितो राखी बैङ्कबाट करिब ५ अर्व ऋण लिएका छन् । उनले किर्ते गरेर बढाएको क्षेत्रफल पुर्याउन २०७२ सालमा अर्जुनधारामा खोलाको किनारामा रहेको करिब अढाई बिगाहा जमिन गरिद गरेको र सो खोलाको जमिनसमेत बैङ्कमै धितो राखेका पाईएको छ ।
यता,प्रसाईले अनौपचारीक रुपमा आफूबाट गल्ती भएको स्विकार गरेका छन् ।उनले आफुले शिक्षा मंन्त्रालयमा उक्त कागजात पेश गरेको स्विकार गरे ।प्राबिधिक कारणले त्रुटी भएको उनको दाबी छ ।उनले यो प्रकरणलाई रापसाफ बनाउन सहयोगका लागि नजिकका व्यक्तीहरुसँग हारगुहार गरीरहेका छन् ।
यस्तै,प्रसाईले यो प्रकरणको समाचार संकलन गर्ने स्थानीय सञ्चारकर्मीहरुलाई मिलाउन भन्दै विभिन्न व्यक्ति प्रयोग गर्दै आएका थिए । तर,स्थानीय सञ्चारकर्मीहरुले वास्ता नगरेपछी प्रसाईले त्यसको खण्डन गर्न काठमाण्डौबाट ५ जना युट्युवर बोलाई भिडियो अन्तरवार्ता सार्वजनिक गरेका स्थानीय सञ्चारकर्मी घिमिरेले बताए । उनले भिडियोमा यो प्रकरण सार्वजनिक गर्ने पत्रकारलाई व्यक्तिगत रुपमा तथा नाम गाली गर्दै आएका छन् । किर्ते प्रकरणलाई खण्डन गर्ने खास प्रमाण आफूसँग नभएपछी प्रसाई युट्य्ब मार्फत व्यक्तिगत गालीगलौजमा उत्रेका हुन् ।उनले आफ्नो समर्थकको नाममा खोलेको फेसबुक पेजबाट पनि सम्बन्धित पत्रकारलाई गाली गर्न लगाउने गरेका छन् ।
किर्ते प्रकरणमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले शुक्ष्म अनुसन्धान गरिरहेको जानकारी प्राप्त भएको छ । नेपाली रुपँैया दुवई लगेर कम्पनी खोलेकोमा सम्पत्ति शुद्धिकरण बिभागले र किर्ते प्रकरणमा सिआईबिले अनुसन्धान गरिरहेको समयमा कानुनी झमेलामा फस्ने देखेपछी प्रसाई दुवई जान भन्दै काठमाण्डौ गएका थिए तर, त्यो योजनामा समेत व्यवाधान आउने देखेपछी केही केन्द्रिय स्तरका राजनितीक दलका नेतासँग हारगुहार गरी साँझ झापा नै फर्किएका स्थानीय स्रोतको दाबी छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech