इश्वरपुर १३ र १४ मा लायन्स क्लब अफ मधेश इश्वरपुरको वृक्षारोपण

529 Shares

सर्लाहीको इश्वरपुर नगरपालिका १३ र १४ श्रीनगरमा विभिन्न किसिमका विरुवाहरु रोपिएको छ।लायन्स क्लब आफ मधेश इश्वरपुर हेल्पीङ ह्याण्डको आयोजनामा इश्वरपुर नगरपालिका १३ र १४ मा विभिन्न किसिमका ५० वटा विरुवाहरु रोपिएको लायन्स क्लब अफ मधेश इश्वरपुर हेल्पीङ ह्याण्डका अध्यक्ष तथा लालबन्दी मोडेल अस्पताल प्रा.लि.का सञ्चालक डा.आलोक कुशवाहाले जानकारी दिए ।

732637548_1382894347020305_3753224275313846184_n.jpg
उनका अनुसार वृक्षा रोपण कार्यक्रममा निवर्तमान प्रतिनिधि सभा सदस्य प्रमोद साह सहित इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यको विशेष उपस्थिति रहेको थियो भने लालबन्दी मोडेल अस्पताल प्रा.लि.,न्यू वैदेशी खाध्य उद्योग,जय ब्रम्हबाबा खाध्य उद्योग,माउन्ट कन्चञ्नजङ्घा वोर्डिङ स्कुल, सहित कमल फार्मेसी र सन्ध्या कम्प्युटर बयलवासको विशेष सहयोग  रहेको थियो ।लायन्स क्लब आफ मधेश इश्वरपुर हेल्पीङ ह्याण्ड र लालबन्दी मोडेल अस्पताल प्रा.लि.ले समय समयमा विभिन्न किसिमका सामाजिक कामहरु गर्दै आएको छ ।

सम्बन्धित समाचार