सिन्धुलीको कमलामाई ४ मा दुई करोड खर्चेर निर्माण भएको भ्यूटावर प्रयोग विहिन

117 Shares

सिन्धुलीको कमलामाई नगरपालिका ४ स्थित च्याउकोट शिद्धबाबा मन्दिर नजिकै निर्माण भएको शिद्धबाबा भ्यूटावर प्रयोग विहिन भएको हो।कमलामाई नगरपालिका ४ स्थित च्याउकोट शिद्धबाबा मन्दिर नजिकै बागमती प्रदेशको कुल दुइ करोड ४८ लाख ६२ हजार गरी करिब साँढे दुई करोडको लागतमा दुइ वर्ष पहिला निर्माण गरिएको भ्यूटावर प्रयोग विहिन भएको हो ।
राज्यको ठूलो रकम खर्चेर निर्माण गरिएको भ्यूटावरको संरक्षण नहुँदा विभिन्न संरचनामा क्षति पुगेको छ भने,भ्यूटावर क्षेत्र कुरुप बन्दै गएको छ ।बस्ती भन्दा माथी रहेको भ्यूटावर संरक्षणको अभावमा विस्तारै कुरुप हुँदै गएको हो ।“बस्ति भन्दा माथी छ,दिनदिनै केटाहरु जान्छन्,कोहिले ढुंगाले हानेर पनि भवनको सिसा फुटाएका छन्,भ्यूटावर भित्र जानको लागि सिसा फुटाएको जस्तो देखिन्छ”स्थानीयले बताए ।
 भ्यूटावरको पहिलो साथै अन्तिम तलामा प्रयोग गरिएको सिसाको केही भाग फुटाइएको छ भने विद्युतीय सामाग्रीहरु समेत तोडफोड भएको स्थानीयले बताए । भ्यूटावरमा प्रयोग गरिएको विद्युतका केही सामाग्री चोरी भएको,विद्युतका तार छुटाइएको छ भने सिसा र आल्मुनियमको झ्याल फुटाइएको भनाई छ ।
त्यस्तै एक पटकपनि प्रयोगमै नआइ जीर्ण बनेको भ्यूटावर दुव्र्यसनको अखडा बनेको छ ।गोप्य ठाउँमा खुला क्षेत्र भएका कारण लागूऔषध प्रयोगकर्ताको लागि दुव्र्यसनको अखडा बनेको स्थानिय बताउँछन्।भ्यूटावर भित्र बसेर गाजाँ लगायत लागुऔषध खाने युवायुवतीहरु बढेका भन्दै स्थानीयले चिन्ता व्यक्त गरे । “भ्यूटावरको भवनभित्र लागूऔषध प्रयोग र यौन क्रियाकलाप समेत भएको छ । सरोकारवाला निकाय बेखर छ।हाम्रा छोराछोरी पनि बिग्रने भए।”स्थानीयले गुनासो गरे ।

सम्बन्धित समाचार