Close This

हरिवनका सुकुम्बासी,दलित र अव्यवस्थित बस्तीको समस्या अन्त्य गर्न सम्झौता

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-७-२७ गते   ३८१७ पटक हेरिएको

फोटो सम्झौता कार्यक्रममा सहभागी केदार मैनालीको फेसबुकवालबाट

भूमि सम्बन्धि समस्या समाधान गर्न गठित आयोगले सर्लाहीको हरिवन नगरपालिकालाई छनोट गरेको छ । देशभरका १४ वटा स्थानिय निकायलाई छनौट गरी भूमिहिन सुकुम्बासीहरु, दलित र अव्यवस्थित बसोवासको समस्या अन्त्य गर्न सुरु गर्न लागेको आयोगले सर्लाहीको हरिवन नगरपाकिलालाई छनोट गरेको हो ।
भूमि सम्बन्धि समस्या समाधान गर्न गठित आयोगले देशभरका १४ वटा स्थानिय निकायबाट छनौट गरी भूमिहिन सुकुम्बासीहरु, दलित र अव्यवस्थित बसोवासको समस्या अन्त्य गर्ने सवैभन्दा ठूलो र महत्वपुर्ण पाइलट कार्यक्रम सुरु गरेपछि त्यस कार्याक्रम सञ्चालनको लागि हरिवन नगरपालिका छनोट भएको हरिवन नगरपालिकाका नगर प्रमुख गणेस प्रसाद प्रसाईले जानकारी दिनु भयो । 
बिहीबार आयोग र नगरपालिका बीच कार्य सम्झौता पत्रमा हस्ताक्षर भएको नगर प्रमुख प्रसाईले बताउनु भयो । यस कार्यको सुरुवात सँगै समग्र नगरबासिहरुले आफूलाई गौरवान्वित भएको महशुस गर्ने वातावरणको निर्माण गर्नुका साथै सिंगो नगरले गौरवको कार्यक्रम संचालन गर्ने अवसर प्राप्त गरेकोे नगर प्रमुख प्रसाईको भनाई छ ।
भूमि सम्बन्धि समस्या समाधान गर्न गठित आयोगको केन्द्रीय कार्यालय ताहचलमा आयोजित एक समारोहको विच बिहिबार आयोगको तर्फवाट अध्यक्ष देवि ज्ञवाली र हरिवन नगरपालिकाको तर्फवाट नगर प्रमुख प्रसाईले सम्झौता पत्र  (MOU)  मा हस्ताक्षर गर्नुभएको नगर प्रमुखका स्वाकिय सचिव युवराज आर्चायले जानकारी दिनु भयो ।
कार्य सम्झौता सम्पन्न भएसँगै अब मङ्सिरबाट नगरपालिकाले एक वर्ष भित्रै कार्यक्रम सम्पन्न गर्ने गरी द्रुत गतिमा कामको गतिविधि बढाउने नगर प्रमुख प्रसाईले बताउनु भयो। यस कार्यक्रमको सुरुवातसँगै आफ्नो नगर भित्र रहेका भूमिहिन सुकुम्बासीहरुको, दलितको समस्या समाधान हुने र अव्यवस्थित बसोवासको समेत अन्त्य हुनेमा आफूले पुर्ण विश्वास लिएको नगर प्रमुख प्रसाईले बताउनु भएको छ। 
नगरपालिका भरिमा ७ सयको हाराहारीमा सुकुम्बासीहरु रहेका रउनिहरुको व्यावस्थापन तथा दलित र अव्यवस्थित बसोवास गरि रहेका हरुको  समस्या समाधानमा निरन्तर प्रयासरत रहेको नगरपालिकाले अब तथ्यांक संकलन देखि व्यावस्थापनको काम सुरु गर्ने नगरपालिकाले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech