अवैध अस्पताल स्थानीय तहले पैसा लिएर खुलाए : मुख्य मन्त्री सिंह

352 Shares

मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीश कुमार सिंहले आफूले बन्द गराएका अवैध निजी अस्पतालहरू स्थानीय तहले आर्थिक चलखेल गरेर पुनःसञ्चालनमा ल्याएको आरोप लगाएका छन्।सर्लाहीको बरहथवा नगरपालिका १,नयाँ बजारमा आयोजित जनमत पार्टीको आम सभा तथा पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले अनुगमनका क्रममा दर्ता नभएका र मापदण्ड विपरीत सञ्चालनमा रहेका निजी अस्पतालहरू बन्द गराए पनि स्थानीय सरकारहरू आर्थिक चलखेल गरी ती अस्पतालहरु फेरि खोल्न दिइरहेको दाबी गरे।
“मैले अनुगमन गर्दा दर्ता नै नभएका र मापदण्ड विपरीतका अस्पताल बन्द गराएँ।तर स्थानीय तहले आर्थिक चलखेल गरेर धमाधम खुल्न दिइरहेका छन्।”अन्य पार्टीहरूसँग मिलेर सरकार चलाउँदा आफूले सोचेजस्तो काम गर्न नपाएको गुनासो गर्दै मुख्य मन्त्री सिंहले अनेकन अप्ठ्यारा र अवरोधहरू बीच सरकार सञ्चालन गर्नु परेको समेत बताए ।

सम्बन्धित समाचार