फर्जि रसिद बनाई जग्गा दुष्टीबन्धक,सरकारी राजश्वमा हानी नोक्सानी

269 Shares

सर्लाहीको मालपोत कार्यालय हरिवनको अगाडि बस्ने लेखापढी व्यवसायीहरुले फर्जि कागज बनाएर जग्गा पास तथा दृष्टीबन्धक गराउने गरेका रहस्य बाहिरिएको छ।मालपोत कार्यालय हरिवन अगाडि रहेको  १८ नम्बर सटरको मनकामना लेखापढी तथा भू सेवा केन्द्रबाट केही दिन पहिला बागमती नगरपालिका १ को कित्ता नम्बर १७२२ भएको एक कठ्ठा जग्गाको दृष्टीबन्धक गराउने समयमा जग्गाको तिरो तिरेको रसिद फर्जि बनाई दृष्टीबन्धक गराइएको रहस्य बाहिरिएपछि लेखापढी व्यवसायीहरुको बद्मासी बाहिरिएको हो ।
बागमती नगरपालिका १ को कार्यालयको मिति २०८२ साउन ४ गतेको मितिमा ढुङ्ग्रेखोला हरिवन ८÷छ भएको हालको बागमती नगरपालिका १ को कित्ता नम्बर १७२२ को एक कठ्ठा जमिन सिरहाको कर्जन्हा नगरपालिका ३ की इन्दीरा मानन्धर बानिँयाको नामबाट रसिद नम्बर १०२–४१३१ बाट बागमती नगरपालिका १ की कर्मचारी इन्दीरा उप्रेतीले रु तीन लाखको जग्गाको तीन सय ७५ रुपैँया बुझिलिएको हस्ताक्षर गरेको रसिद बनाई १८ नम्बर सटरको मनकामना लेखापढी तथा भू सेवा केन्द्रबाट सिफारिस भएपनि मालपोत कार्यालय हरिवनले सहजै काम गरि दिएको छ ।
पछि सो विषयमा कमालमाई मिडिया प्रा.लिले अनुसन्धान गर्ने क्रममा १८ नम्बर सटरको मनकामना लेखापढी तथा भू सेवा केन्द्रका जितेन्द्र साह(आषिश),सम्बन्धी जग्गावाला इन्दीरा मानन्धर बाँनीया,जग्गाको राजश्व बुझि लिएको फर्जि कागजमा हस्ताक्षर देखिएकी बागमती नगरपालिका १ की कर्मचारी इन्दीरा उप्रेती,मालपोत कार्यालय हरिवनको रजिष्ट्रेसन शाखाका ना.सु.नविन निरौला समेतको मिलेमतोमा गतवर्ष नै तिरो तिरेको रसिदलाई स्क्यान गरी कम्प्युटरमा राखी सच्याएर प्रिन्ट गरी जग्गा दुष्टिवन्धकको काम गरेका पाइएको छ ।
सो सम्बन्धमा बागमती नगरपालिका १ को वडा कार्यालयमा बुझ्दा बागमती नगरपालिकाको कुनैपनि अनलाईन प्रणाली तत्कालका लागि नचलेको साथै जग्गा तिरो तिर्ने काम हाल सुरु नगरेको बागमती नगरपालिका १ का वडा अध्यक्ष गम्भीर सिंह पाख्रिनले बताए ।
यता,मालपोत कार्यालय हरिवनले पनि बागमती र हरिवन नगरपालिकाले मालपोत तिरो तिर्ने काम तत्काल सुरु गरी नसकेको बताएको छ ।उसो भए त्यो काम कसरी भयो भन्ने हाम्रो प्रश्नमा मालपोत कार्यालय हरिवनका प्रमुख राजेश प्रसाद पोख्रेललाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन् ।
हुन त मालपोत कार्यालय हरिवनले आफ्नो कार्यालय अगाडि रहेका लेखापढी व्यवासयीहरु मार्फत चर्को कमिसन असुल्ने गरेको प्रमाण सहित विभिन्न सञ्चार माध्यामहरुले यस अघि पनि समाचार प्रकाशन गरेका थिए।त्यसपछि मालपोत कार्यालय हरिवनका तत्कालीन प्रमुख विष्णु प्रसाद सिटौलाको विभागले सरुवा समेत गरेको छ।कार्यालय प्रमुख सिटौला,नायव सुब्बा देवीचरण न्यौपाने र नविन निरौलाको मिलेमतोमा मालपोत कार्यालय हरिवनमा अहिलेपनि असुली चलि रहेको लेखापढी व्यवसायीहरु ने बताउँछन् ।साथै,१८ नम्बर सटरको मनकामना लेखापढी तथा भू सेवा केन्द्रका साहले जग्गावालाले रसिद ल्याई दिएपछि आफुले गर्नुपर्ने काम गरि दिएको बताए ।

सम्बन्धित समाचार