सिर्जनशिल युवा क्लबद्धारा हरिवन नगरपालिकालाई विभिन्न सामाग्री हस्तान्तरण

706 Shares

सर्लाहीको हरिवन नगरपालिकालाई हरिवन नगरपालिका २ मा रहेको सिर्जनशिल युवा क्लबले विभिन्न किसिमका सामाग्रीहरु सहयोग गरेको छ।युरोपियन युनियनको आर्थिक सहयोग र हेल्भेटास नेपालसँगको साझेदारीमा सहयोगी समाज नेपाल,सर्लाहीको स्थानीय शासन प्रकृयामा युवा संलग्नता प्रवद्र्धन परियोजनाले सञ्चालन गरेको“स्थानीय शासनमा युवा नेतृत्व”उप–परियोजना अन्तर्गत हरिवन नगरपालिकालाई कुर्सी,दराज,टेबल र न्यायिक समितिले सेवा दिन सक्ने विवादहरुको विवरण सहितको ब्रोसर चार सय थान हरिवन नगरपालिकालाई हस्तान्तरण गरिएको सिर्जनशिल युवा क्लबका अध्यक्ष सन्तोष कुमार महत्तोले जानकारी दिए ।

WhatsApp Image 2024-12-01 at 9.23.51 PM.jpeg
उनका अनुसार हरिवन नगरपालिकाको “नगर युवा निति २०८१” मा व्यवस्था भए बमोजिम युथ कर्नरलाई प्रभावकारी ढंगले संचालन गर्नका सहज होस भन्नका लागि क्लबले स्टील कुर्सी २० थान,स्टील दराज एक थान,स्टील टेबल एक थान र न्यायिक समितिले सेवा दिन सक्ने विवादहरुको विवरण सहितको ब्रोसर चार सय थान हरिवन नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।सामाग्री हस्तान्तरण कार्यक्रममा हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल),नगर उप प्रमुख हरिमाया घलान र निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रतिक कार्की लगायतको उपस्थितिमा सामाग्री हस्तान्तरण गरिएको क्क्लबले जनाएको छ ।

सम्बन्धित समाचार