दुर्गाकुमारी अधिकारी
सर्लाहीको पर्सा गाउँपालिका र हरिपुर्वा नगरपालिकाका अतिजोखिममा रहेका बालबालिकालाई सरसफाई सामग्री वितरण गरिएको छ । बागमती सेवा समाज नेपालको आयोजना तथा वल्र्ड भिजन ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा पर्सा गाउँपालिका र हरिपुर्वा नगरपालिकाका अतिजोखिममा रहेका बालबालिकालाई सरसफाई सामग्री वितरण गरिएको हो ।
सामग्री वितरण गर्नु अघि सरसफाई सम्बन्धि अभिमुखीकरण र सरसफाई सम्बन्धी सडक नाटक प्रदर्शनी गरिएको बागमती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्कीले जानकारी दिए । उनका अनुसार बालबालिका,अभिभावक तथा समुदायमा सरसफाईमा चेतनाको स्तर वृद्धि गर्न भन्दै सरसफाई सम्बन्धी सडक नाटक प्रस्तुत गरिएको हो ।
हरिपुर्वा नगरपालिकाका करिब चार हजार अतिजोखिममा रहेका बालबालिकालाई सरसफाई सम्बन्धी सामग्री प्राप्त भएको हरिपुर्वा नगरपालिकाका नगर प्रमुख विनोद साहले जानकारी दिए ।उनले सबै नगरबासीलाई आफ्नो छोराछोरी,आफ्नो घरआँगन,बाटोघाटो र सार्वजनिक स्थलहरु सफा सुग्घर राख्न आग्रह गरेको बताए ।
सरसफाई सामाग्रीहरूमा नुहाउने सावुन,नेलकटर,काँईयो,सर्जिकल मास्क तथा किशोरीहरुलाई सेनिटरी प्याड वितरण गरेको आयोजक संस्थाले जनाएको छ । संस्थाले हरिपुर्वा नगरपालिकामा करिब चार हजार ५० र पर्सा गाउँपालीकाका करिब तीन हजार दुई सय ५० गरि करिब सात हजार चार सय अति जोखिमा रहेका बालबालिकाहरुलाई स्वास्थ्य सामग्री वितरण गर्ने जनाएकोे छ ।शनिवार करिब दुई हजार आठ सय अति जोखिमा रहेका बालबालिकाहरुलाई सामग्री वितरण गरिएको र आईतबार पनि सरसफाई सामाग्री वितरण गरिने बागमती सेवा समाज नेपालले जनाएको छ ।