सर्लाहीको ईश्वरपुर नगरपालिका ६ स्थित बयलवास बजारमा २४ घण्टे प्रहरी पाेष्ट उद्दघाटन गरिएको छ । ईश्वरपुर नगरपालिका र ईलाका प्रहरी कार्यालय केशरगन्ज, बयलवासकाे साझेदारीमा ईश्वरपुर नगरपालिका ६ स्थित बयलवास बजारमा निर्माण गरिएको २४ घण्टे प्रहरी पाेष्टकाे नगर प्रमुख मनाेज कुमार आचार्यले उद्दघाटन गरेका हुन ।
बयलवास बजारकाे सुरक्षार्थ २४ घण्टे प्रहरी पाेष्टकाे निर्माण गरिएको नगर प्रमुख आचार्यले बताए।ईश्वरपुर नगरपालिकाकाे सदरमुकाम बयलवास बजारका व्यापारी/व्यवसायीहरुलाई असुरक्षित महसुस नहाेर भन्नका लागि २४ घण्टे प्रहरी पाेष्ट निर्माण गरिएको ईलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासका प्रमुख एवम प्रहरी निरीक्षक उमाकान्त जाेशीले बताए ।

बयलवास बजारकाे गाेरुकाे प्रतिसंगै निर्माण गरिएको प्रहरी पाेष्टले बजारकाे भिडभाडलाई मध्य नजर गर्दै २४ सै घण्टा बजारकाे सुरक्षा गर्ने र व्यापारी व्यावसायीहरुलाई थाेरै भए पनि सुरक्षित महसुस गराउने ईलाका प्रहरी कार्यालय केशरगन्ज, बयलवासका प्रमुख एवम प्रहरी निरीक्षक जाेशीले विश्वास व्यक्त गरे ।

प्रहरी पाेष्ट उद्दघाट कार्यक्रममा ईश्वरपुर नगरपालिकाकी उप प्रमुख रन्जीता देवी चाैधरी, ईश्वरपुर नगरपालिका ६ का वडा अध्यक्ष रहमत रहमान अन्सारी,ईश्वरपुर नगरपालिका ८ का वडा अध्यक्ष श्याम बहादुर थापा सहित जनप्रतिनिधि र स्थानीय व्यापारी व्यावसायीहरुकाे विशेष उपस्थिति रहेकाे थियाे ।
