Close This

लालबन्दी नगरपालिकाको बजेट सर्वसम्मत पारित

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-४-४ गते   ४६९ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिकाले वुधवार आर्थिक वर्ष २०७७÷०७८ को बजेट सर्वसम्मतले पारित गरेको छ । असार १० गते नगरपालिकाको पाचौँ नगर सभामा प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमा दफाबार छलफल गरी वुधवार सार्वजनिक गरिएको हो । जस अनुसार नगरपालिकाले १ अर्ब २० करोड ९८ लाख ९९ हजार ४ सय ९८ रुपैयाँ बजेट पास गरेको छ ।
केन्द्र तथा प्रदेश सरकारको अनुदान, नगर स्तरीय र वडाको समेत गरी सो रकम बराबरको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको थियो ।  नगरपालिकाले यस वर्ष एन्टिभेनम उत्पादन तथा अनुसन्धान केन्द्रका लागि संघीय, प्रदेश र आफ्नो नगरको अनुदान गरी १८ करोड ५८ लाख ३३ हजार रुपैयाँ बजेट विनियोजन गरेको हो ।

सर्पदंशका बिरामीमा प्रयोग गरिने एन्टिस्नेक भेनम उत्पादन तथा सर्प फाम निर्माणको लक्ष्यसहित लालबन्दीमा सो केन्द्रले जग्गा प्राप्ती गर्नेदेखि अन्य कामहरु अगाडि बढाईसकेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech