Close This

तरुण दल लालबन्दी १५ मा २५ सदस्यीय तरुण दल सर्व सहमत चयन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-७-२२ गते   २४५७ पटक हेरिएको

आसन्न नगर अधिवेशन सहमतिकै माध्यमबाट अघि बढ्ने नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवम् पुर्व मन्त्री शम्भुलाल श्रेष्ठले बताउनु भयो । नेपाल तरूण दल लालबन्दी नगरपालिका १५ को वडा भेलालाई सम्बोधन गर्दै, कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका श्रेष्ठले आफु सधै तरूणको साथमा रहेको बताउनु भयो ।
नेपाल तरूण दल लालबन्दी नगर सभापति शुदेस ढुंगानाको सभापतित्वमा सम्पन्न वडा भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेस सर्लाही क्षेत्र नं.१ का क्षेत्रिय सभापति प्रमोद बरालले संगठनलाई बलियो राख्दै समाजलाई सचेत गराउन र भई रहेका भ्रष्टाचार नियन्त्रण गर्न तरूण युवाहरुको महत्वपूर्ण भुमिका हुने बताउनु भयो । उहाँले तरुण युवाहरुलाई अनुशासित भई अघि बढ्न आग्रह गर्नु भयो ।
सभापति बरालले तरुणहरुलाई कम्युनिस्टहरुको स्याल सेना जस्तो समाजमा अराजकता फैलाउने गतिविधिमा नलाग्न आग्रह गर्नु भयो । महासमिति सदस्य एवम् युवा नेता दिपक अधिकारीले बिगतमा तरुण दलले प्रजातान्त्रिक आन्दोलनमा अग्रणी भुमिका निर्वाह गरेको स्मरण गर्दै गुटका पछि नलाग्न युवाहरूलाई आग्रह गर्नु भयो । 
कार्यक्रममा जिल्ला कार्यसमिति सदस्य रेखा जोशी,इन्द्र योञ्जन,रामबाबु साह, वडा नं.१७ का वडाध्यक्ष नवराज अधिकारी,नगर कोषाध्यक्ष सानु पाख्रिन, विद्यार्थी नेता युवराज देवकोटा, पम्फा लामा, विबुसिंह थापा,कैलाश कार्की, महिला नेतृ शर्मिला थापा,युवा नेता मनोज बख्रेल लगायतको उपस्थिति रहेको थियो ।
भेलाले तरुण दल वडा नं. १५ को सभापतिमा विजय घलान सर्व  सहमत चयन भएका छन् । वडा समितिका अन्य पदाधिकारीहरुमा उपसभापतिमा अनिल के.सी.,सचिवमा डम्वर बहादुर राना मगर,सह—सचिवमा दिपक कार्की, कोषाध्यक्षमा पाल्साङ योन्जन चयन भएका छन् । त्यस्तै सदस्यहरुमा संजिव गोले,दुर्गा स्याङबो,भुवनजङ्ग थापा,ध्यान बहादुर पाख्रीन, दिनेश भण्डारी,नविन कुमार कार्की,हिमाल गुर्मछान लगाएत २५ सदस्य रहेका तरुण दल वडा नं. १५ ले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech