यात्रुसंग भाडा मनलाग्दी असुल्दै यातायात व्यावसायीहरु र टिकट काउन्टरहरु

429 Shares

मधेश प्रदेशको सर्लाही सहित देशैभरी यातायात व्यावसायीहरु र टिकट काउन्टरहरुले यात्रुहरुबाट चर्काे भाडा असुल्ने गरेका पाइएका छ।राज्यले भाडा निर्धारण गरी दिएको भएपनि यातायात व्यावसायीहरु र टिकट काउन्टरहरुले आफुखुसी भाडा असुली गरेका यात्रुहरुबाट गुनासो आएका छन् ।
कहिले चाडपर्वको समयको बाहनामा त कहिले पेट्रोलियम पदार्थको मुल्य बृद्धिको बाहनामा यातायात व्यावसायीहरु र टिकट काउन्टरहरुले यात्रुहरुसंग नियमित भाडा भन्दा ५० प्रतिशत बढाएर भाडा असुल्ने गरेका यात्रुहरुले गुनासो गरेका छन् ।छोटो तथा लामो दुरीका यात्रु बाहक सवारी साधनहरुले राज्यले तोकेको भाडामा यात्रुलाई व्यवसायीहरुले गाडीमा चदाउंन नमान्ने र आफुखुसी तोकिएको भाडा दिए मात्रै यात्रुहरुलाई ओसार पसार गर्ने गरेका पाइएको हो ।
यातायात व्यावसायीहरु र टिकट काउन्टरहरुले मनोमानी ढंगबाट सरकारी निर्देशनको धज्जी उडाई आफुखुसी भाडा असुली रहेका भएपनि सरोकारवाला निकाय जिल्ला प्रशासन कार्यालयहरुका साथै ट्राफिक प्रहरी कार्यालयहरु र यातायात कार्यालयहरु बेखबर देखिएका छन् ।सरोकारवाला निकायले यस प्रकारका विकृतिको नियमित अनुगमन र नियमनमा चासो नदेखाउँदा यातायात व्यावसायीहरु र टिकट काउन्टरहरुको मनोबल बढेको स्थानीय जानकारहरु बताउँछन् ।
राज्यले तोकेको नियम तथा मापदण्डको  पालना नगर्ने सवारी साधनहरुलाई सरोकारवाला निकायले कार्बाही गर्नुको मौन बसीदिँदा कतै यातायात व्यावसायीहरु र टिकट काउन्टरहरुबाट सरोकारवाला निकायलाई पनि कमिसन त पुगेको छैन् ?भन्ने सर्व साधनमा प्रश्न सृजना भएको छ ।

सम्बन्धित समाचार