चन्द्रनगरबाट सयौँका संख्यामा विभिन्न पार्टि परित्याग गरि माओवादी केन्द्रमा प्रवेश

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१-७ गते   ३३४ पटक हेरिएको

सर्लाहीको चन्द्रनगर गाउँपालिकाबाट सयौँको संख्यामा नेकपा(माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । 
चन्द्रनगर गाउँपालिकाबाट विभिन्न पार्टी परित्याग गरि सयौँको संख्यामा माओवादी केन्द्रमा प्रवेश गरेका नेकपा(माओवादी केन्द्र) लालबन्दी नगर कमिटि सचिव राजन कुमार श्रेष्ठले जानकारी दिनु भयो । उहाँका अनुसार माओवादी केन्द्र लालबन्दी नगर कमिटिको आयोजना भएको अनौपचारीक कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि उनिहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।
चन्द्रनगर गाउँपालिकाकी उप प्रमुख विनादेवी साह केही दिन पहिला माओवादी केन्द्रमा प्रवेश गर्नु भएको थियो । भने बुधबार नेकपा(एमाले),लोकतान्त्रीक समाजवादी पार्टी(लोसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका हुन । राप्रपाका केन्द्रीय सदस्य आशिक हुसेन,रजरायल अन्सारी र अ‍ैनुल मन्सुर,त्यसैगरी एमालेबाट ताहिर मन्सुर,लोसपाबाट सुरेन्द्र राउत,रामजी राउत मोस्तीम मन्सुर र एमालेबाट महबुल मन्सुरको नेतृत्वमा करिब सय जना माओवादी केन्द्रमा प्रवेश गरेका माओवादी केन्द्र लालबन्दी नगर कमिटिका अध्यक्ष लेखराम जर्घा(अर्जुन)ले जानकारी दिनु भयो ।
लालबन्दी नगर कमिटिको आयोजना भएको अनौपचारिक कार्यक्रममा  माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री रामेश्वर राय,केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्य राधेश्याम पासवान,केन्द्रीय सदस्य माया बल,केन्द्रीय सदस्य सावित्रि बुढाथोकी,प्रदेश कमिटि अध्यक्ष प्रह्लाद बुढाथोकी,माओवादी केन्द्र सर्लाही इन्चार्ज अचुतम काफ्ले,सर्लाही संयोजक कमल बुढाथाकी,लालबन्दी नगर 
कमिटि अध्यक्ष जर्घा,उपा अध्यक्ष सुक्र लामा,सचिव श्रेष्ठ,हरिवन नगर कमिटि अध्यक्ष अर्जुन पन्त लगायतको उपस्थितीमा चन्द्रनगर गाउँपालिकाबाट सयौँको संख्यामा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech