बागमतीसँग ४–३ गोलअन्तरले पराजित भएसंगै एनआरटी प्रतियोगीताबाट बाहिरियो

2.5k Shares

सुदुर पश्चीम प्रदेशको धनगढीमा जारी सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा सर्लाहीको बागमती युथ क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
सर्लाहीको बागमती युथ क्लबले ए डिभिजन क्लब न्युरोड टिम एनआरटीलाई पेनाल्टी सुटआउटमा ४ का विरुद्ध ३ गोल गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । सर्लाहीको बागमती युथ क्लबसंग पेनाल्टीमा एनआरटी माथी ४ का विरुद्ध ३ गोल गर्दा एनआरटी प्रतियोगीताबाट बाहिरिएको छ ।
धनगढी रंगशालामा शुक्रबार बागमती युथ क्लबसँग पेनाल्टी सुटआउटमा ४ का विरुद्ध ३ गोल अन्तरले पराजित भएपछि एनआरटी प्रतियोगीताबाट बाहिरिएको आयोजकले जनाएको छ । प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टीमा बागमतीका अमुल श्रेष्ठ, बिजय घलान, हिमाल घलान र अनिल राना मगरले गोल गरेपछि  एनआरटी पराजित भएको हो । 
एनआरटीका शिव गुरुङ, दिपेश घले र मेसुके ओलोमोउले गोल गरेका थिए । तर,  आन्द्रे थिएरी र सन्जिब विष्टले पेनाल्टीमा गोल गर्न नसक्दा एनआरटी प्रतियोगीताबाट बाहिरिएको हो । पेनाल्टी अघि एनआरटीले दुई गोलको अग्रता जोगाउन असफल भएको थियो । जसको कारण एनआरटी पहिलो खेलबाटै बाहिरिएको हो ।
खेलको ६८ औं मिनेटमा स्टेफेन समिरले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका भने खेलको ७४ औं मिनेटमा स्टेफेनले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै एनआरटीलाई २–० को अग्रता दिलाएका थिए । तर, खेलको ८३ औं मिनेटमा विमल घिसिङले गोल गर्दै बागमतीलाई २–१ को स्थितिमा पुर्याएका थिए ।
त्यसपछि खेलको ८५ औं मिनेटमा विजय घलानले गोल गर्दै बागमतीलाई २–२ गोलको बराबरीमा पुर्याएका हुन । यस जितसँगै बागमती क्वाटरफाइनलमा प्रवेश गरेकोे छ ।  सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । 
प्रतियोगिताको विजेताले रु २१ लाख नगद प्राप्त गर्ने छ भने उपविजेता टोलीले रु १० लाख नगद प्राप्त गर्नेछ ।सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद रु २५ हजार प्राप्त गर्नेछन् ।
प्रत्येक खेलको म्यान अफ द म्याचले रु १० हजार पाउने आयोजकले जनाएको छ । जसमा विद्यार्थीका लागि रु १ सय र अन्यका लागि रु १ सय ५० टिकट दर राखिएको आयोजकले जनाएको छ । 

सम्बन्धित समाचार