टुटेश्वर साझेदारी वनका हरिया रुख स्थानिय राजनैतिक दलका नेताको मिलेमतोमा काटियो, साभेदारी वनका अध्यक्ष चौधरी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-७ गते   १४२० पटक हेरिएको

टुटेश्वर साझेदारी वन व्यावस्थापन समुहको वन क्षेत्रमा काटिएको हरियो सालको रुखको प्रतिनिधिमुलक दृश्य

महोतरीको बर्दिवास नगरपालिका ५ स्थित रहेको टुटेश्वर साझेदारी वन व्यावस्थापन समुहको वन क्षेत्रमा दिन दहाडै सालका हरिया रुखहरु काटिएको छ । बर्दिवास नगरपालिका ५ स्थित टुटेश्वर महादेव मन्दीर जाने बाटोमा वन कार्यालयका कर्माचारीहरु,साझेदारी वनका अध्यक्ष र काठ व्यावसायीहरुको मिलेमतोमा २७ वटा हरिया रुखहरु काटिएको स्थानियले बताएका छन् ।
पुर्व पश्चीम लोकमार्ग स्थित टुटेश्वर मन्दीर जाने गेटबाट करिब २ किलोमिटरको दुरीमा हरिया सालका रुखहरु दिन दहाडै काटिँदा पनि टुटेश्वरनाथ सव डिभिजन वन कार्यालय टुटेश्वर महोतरी,टुटेश्वरनाथ वनको साझेदारी वन व्यावस्थापन समुह र सो क्षेत्रमा काठको व्यावसाय गर्ने व्यापारीहरुको मिलेमतोमा १३ वटा सालका हरिया रुख र १४ वटा अन्य प्रजातिका हरिया रुखहरु काटिएका हुन ।
हरियाँ रुख काटिएको स्थानबाट टुटेश्वरनाथ सव डिभिजन वन कार्यालय टुटेश्वर महोतरी रटुटेश्वरनाथ वनको साझेदारी वन व्यावस्थापन समुह करिब २ किलोमिटरको दुरीमा रहेको भएपनि दिनदहाडै हरियाँ रुख काटिँदा पनि वन कार्यालय बेखर हुनु वन कार्यालयका कर्माचारीहरु र रुख काट्ने तस्करहरु विच राम्रो मिलेमतो रहेको आरोप लगाउन सकिन्छ ।
टुटेश्वर मन्दी जाने बाटैमा हरिया रुख काटिनु वन कार्यालय र कर्माचारीहरु वेखबर हुनु, रुख काटिएकोभोलि पल्टै राय ठहर सहितको प्रतिवेदनका लागि डिभिजन वन कार्यालयले सव डिभिजन वन कार्यालयलाई पत्र पठाउनु,रातीमा गस्ती टोलीले गस्ती गर्नमा कन्जुस्याँई गर्नु लगायतका कारणले वन कार्यालय र काठ तस्करहरु विच मिलेमतो रहेको बुझ्न सकिन्छ ।
डिभिजन वन कार्यालय महोतरी,टुटेश्वरनाथ सव डिभिजन वन कार्यालयको सुनियोजित योजना अनुसार रुख काटिएको हुँदा वन कार्यालयका कर्माचारीहरुले चोरी तस्करीको दृष्टीकोणले रुख नकाटिएको बताएका स्थानिय कपिल तामाङले बताउनु भयो ।
डिभिजन वन कार्यालय महोतरीका डिभिजन प्रमुख विनोद सिंह,सोही कार्यालयका रेन्जर एवम गस्तीटोली प्रमुख सन्तोष कुमार यादव,टुटेश्वरनाथ सव डिभिजन कार्यालय टुटेश्वरका प्रमुख भिम बिक्रम खड्का,सोही कार्यालयका फलेस्टर वसन्त यादव र काठ व्यावसायी कमल मैनालीका साथै टुटेश्वरनाथ वनको साझेदारी वन व्यावस्थापन समुहका अध्यक्ष श्याम किशोर चौधरीको मिलेमतोमा हरिया रुख काटिएको स्थानिय राजिव यादवले बताउनु भयो ।
भने स्थानिय निकायको निर्वाचनको मुखमा पारेर आफ्ना कर्माचारी निर्वाचन खटिएको मौका छापी बाटो फराकिलो पार्न स्थानियले रुख काटेका टुटेश्वरनाथ सव डिभिजन कार्यालय टुटेश्वरका प्रमुख भिम विक्रम खड्काले बताउनु भयो । उहाँका अनुसार बाटोलाई फराकिलो बनाउने सन्दर्भमा स्थानियले रुख काटेका र त्यसमा आफ्नो कुनैपनि संग्लग्नता नरहेको बताउनु भयो । कसले रुख काटे भन्ने एकिन नभएपनि बाटो विस्तार गर्न रातिको समयमा गाउँलेहरुले रुख काटेका सव डिभिजन प्रमुख खड्काले बताउनु भयो ।
यता,टुटेश्वर चोकबाट गाउँ जाने मोटर बाटोको छेउमा २७ वटा हरिया रुख काटिएको पाईएको र चुनावको मौका छोपेर सडक विस्तार गर्न रातिको समयमा रुख काटिएको पाइएको डिभिजन वन कार्यालय महोतरीका कार्यालय प्रमुख विनोद सिंहले बताउनुभयो । उहाँका अनुसार  चोरी तस्करीको मनसायले नभई स्थानियले सडकको विस्तारका लागि रुख काटिएका बताउनु भयो । 
टुटेश्वर गाउँको टपरी बजारमा वनको जमिनमा घर टहरा वनाइएको र वनको टोलिले ति टहराहरु भत्काई दिएपछि आक्रोसित भएका स्थानियले वन कार्यालयसंग समन्वय नगरि रुख काटेका डिभिजन कार्यालय प्रमुख सिंहले बताउनु भयो । उहाँले वन कार्यलयसंग कर्माचारीहरु आवश्यक मात्रामा नहुनु,वन कार्यालयका कर्माचारीहरु पनि निर्वाचनमा खटिनु,सामुदायिक वन समुह र साझेदारी वनका अध्यक्षहरु कुनै न कुन ैराजनैतिक दलका नेताहरु भएका कारण पनि वन जोगाउन समस्या भएको बताउनु भयो ।
जेठ ३ गते राति काटिएका हरिया रुखको छानवन गर्न डिभिजन वन कार्यालय महोतरीका बरिष्ठ सहायक वन अधिकृत बेचन ठाकुरको संयोजकत्वमा ३ सदस्यीय समिति समेत गठन गरिएको बताउनु भयो । समितिले ३ दिन भित्रमा सत्यतथ्य निश्पक्ष छानविन गरि प्रतिवेदन पेश गर्ने र जोदोषी देखिन्छ उसमाथी कडा कार्बाही गरिने डिभिजन प्रमुख सिंहले बताउनु भयो । उहाँले  सव डिभिजन वन कार्यालयका कर्माचारीहरुको बचाउ गर्दै साझेदारी वनका अध्यक्ष,सामुदायिक वन समुहका अध्यक्षहरु र स्थानियलाई आरोप लगाउनु भयो। जसबाट पनि वन कार्यालयका कर्माचारीहरु र काठ चोरी तस्करी गर्नेहरुको मिलेमतोमा हरिया रुख काटिएको स्पष्ट हुन्छ ।
यता,साझेदारी वन व्यावस्थापन समुहका अध्यक्ष चौधरीका अनुसार २०६८ सालदेखि यतापटक पटक वन क्षेत्र अतिक्रमणको चपेटामा परेको छ । सडक विस्तार गर्ने विषयमा स्थानिय राजनैतिक दलका नेताहरुको संग्लग्नतामा हरिया रुखहरु काटिने गरेका अध्यक्ष चौधरीले बताउनु भयो । उहाँका अनुसार यस पटक वन कार्यालयका कर्माचारीहरु स्थानिय निकायको निर्वाचनका लागि खटेको मौका छोपी स्थानिय राजनैतिक दलका नेताहरुको सहयोगमा सोक्षेत्रमा हरिया रुखहरु काटिएको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech