रौतहटको वृन्दावन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर भुजेलले कमिसन नपाउँदा सामुदायिक विद्यालयहरुको दिवा खाजामा कमिसन नपाएपछि भुक्तानी रोकेका छन् ।वृन्दावन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुजेलका कारण नगरपालिकाका सबै सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम प्रभावित भएको छ। अधिकृत भुजेलले चालू आर्थिक वर्ष २०७९ ०८० को छ महिनाको भुक्तानी नदिँदा दिवा खाजा प्रभावित बनेको हो।
सो नगरपालिकामा रहेको एक विद्यालयका प्रधानाध्यापकका अनुसार छ महिनादेखि दिवा खाजाको रकम भुक्तानी नदिँदा दिवा खाजा कार्यक्रम नै बन्द गर्ने अवस्था सृजना भएकोे छ।
नाम नबताउने सर्तमा ती प्रधानाध्यापकले भने,‘उधारोमा पसलवालाहरूसँग खाजाको समान ल्याउँदै आएको र अब उधारो दिन पसल साहुहरू आनाकानी गर्न थालेका छन्। अब भुक्तानी नदिए दिवा खाजा कसरी चलाउने सकस भयो।’
प्रमुख प्रशासकीय भुजेलले कमिशन नपाएका कारण दिवा खाजाको भुक्तानी रोकेका हुन ।उनले कमिशन दिनेलाई खुरुखुरु भुक्तानी दिने र कमिशन नदिनेको भुक्तानी रोक्ने गरेको सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको दावी छ।
नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत भुजेल कार्यालय समयमा कार्यालयमा समेत नबस्ने गरेका पाइएको छ । जसका कारण स्थानीयले सास्ती खेप्दै आएका छन्। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुजेलले नगर प्रमुख र उप प्रमुख बीच फाटो ल्याउने काम गरेकाले नगर प्रमुख र उप प्रमुखबीच बोलचाल नै बन्द भएको नगरपालिका स्रोतले जनाएको छ।
कमिशन बिना कामै नगर्ने बाँनी परेका प्रमुख प्रशासकीय भुजेलका कारण नगरपालिकासमेत अस्तव्यस्त बनेको भन्दै सो नगरपालिकाका निर्वाचित केही जनप्रतिनिधि भुजेलको सरुवाको माग गर्दै मन्त्रालयसम्म पुगेको समेत पाइएको छ ।