Close This

सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गयो,५ जना घाइते

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१०-६ गते   ३२५ पटक हेरिएको

सिन्धुलीको दुधौली नगरपालिका ४ मा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुधौली नगरपालिका ४ को डकाहाबाट तिनपाटनको चकमके तर्फ जाँदै गरेको स १ च १६७७ नम्बरको डबल क्याप बोलेरो दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको हो भने अरु ५ जना घाइते भएका छन् ।
 दुधौली नगरपालिका– ४ टोड्केमा मंगलबार भएको दुर्घटनामा तीनपाटन गाउँपालिका ११ की चम्पादेवी तिमल्सीनाको घटनास्थलमै ज्यान गएको हो भनेहरु पाँच जना घाईते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । बोलेरो सडकको नालामा पल्टेको र चालक फरार रहेकाले दुर्घटनाको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सुचना अधिकारी एवम प्रहरी नायव उपरिक्षक  श्याम बहादुर खत्रीले जानकारी दिनु भयो । 
खत्रिका अनुसार दुधौली नगरपालिका–४ वनधाराकी ३२ वर्षीया सतिनिमाया तामाङ, दुधौली नगरपालिका ३ निपानेका ७० वर्षीय प्रेमलाल श्रेष्ठ, दुधौली नगरपालिका ३ कालापानीका ५३ वर्षीय पृथ्वीनारायण श्रेष्ठ, दुधौली नगरपालिका ६ हर्षाहीका ५५ वर्षीया दुर्गा श्रेष्ठ र तिनपाटन गाउँपालिका १० वाङरिङका ६३ वर्षीया मनमाया गौतम दुर्घटनामा परी घाईते भएका छन् । स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि घाइतेहरु घर फर्केका सिन्धुली प्रहरीले जनाएको छ । सोमप्रसाद न्यौपाने

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech