Close This

सामुदायिक वन क्षेत्र अतिक्रमण गरि बनाईएको संरचना हटेन,सरोकारवाला निकाय मौन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-८-८ गते   ३४९ पटक हेरिएको

सामुदायिक वन अतिक्रमण गरि बनाईएको संरचना

सर्लाहीको लालबन्दी नगरपालिका १ स्थित रहेको नन्देश्वरी महादेव सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्रको जग्गा अतिक्रमण गरि बनाईएको संरचना हटाउन सव डिभिजन वन कार्यालय लालबन्दीले एक हप्तेसुचना जारी गरेपनि सो संरचना हटाइएको छैन ।
लालबन्दी नगरपालिका १ स्थित नन्देश्वरी महादेव सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्रको जग्गा अतिक्रमण बनाईएको संरचना हटाउन सव डिभिजन वन कार्यालय लालबन्दीले सुचना जारी गरेको भएपनि सम्बन्धीत पक्षले संरचना नहटाएको हो । भने सरोकारवाला निकाय सव डिभिजन वन कार्यालय लालबन्दी पनि मौन देखिएको छ ।
सर्लाही निर्वाचन क्षेत्र नम्बर १(ख)की प्रदेश सभा सदस्य वेची लुंगेलीको रु २५ लाखको लागतमा निर्माण सुरु भएको सो भवन लालबन्दी नगरपालिका १ स्थित रहेको नन्देश्वरी महादेव सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्रको जग्गा अतिक्रमण गरेर सव डिभिजन वन कार्यालय लालबन्दी र डिभिजन वन कार्यालय सर्लाहीसंग कुनै सहकार्य नै नगरि अनुमती नलिई निर्माण सुरु गरिएको भन्दै ७ दिन भित्र आफैँले हटाई भत्काई लैजान भनेको भएपनि २ महिना पुरा हुँदा पनि सो संरचना हटाउन कुनै पक्षले चासो देखाएका छैनन् ।
प्रदेश सभा सदस्य लुंगेलीले नेपाल पत्रकार महासंघ सर्लाही शाखाको भवन निर्माणकोे लागि सो रकम विनियोजन गरेकी भएपनि नेपाल पत्रकार महासंघ सर्लाही शाखाले सर्लाही मिडिया सेन्टरको नाममा सामुदायिक वन क्षेत्रको जग्गा अतिक्रमण गरेर भवन  निर्माण सुरु गरिएको पाइएको भन्दे सव डिभिजन वन कार्यालय लालबन्दीले असोज ५ गते ७ दिने सुचना टाँस गरेको थियो ।
लालबन्दी नगरपालिका १ नवलपुरमा नेपाल पत्रकार महासघं सर्लाही शाखाको नाममा प्रदेश सरकारबाट रकम विनियोजना गराएर सर्लाही मिडिया सेन्टरको नाममा भवन निर्माण सुरु गरेपछि सव डिभिजन वन कार्यालय लालबन्दीले ध्यानाकर्षण भएको जनाएको थियो । डिभिजन वन कार्यालय सर्लाही र सव डिभिजन वन कार्यालय लालबन्दीसंग समन्वय नगरि नेपाल पत्रकार महासंघ सर्लाही शाखाको नाममा सर्लाही मिडिया सेन्टरको भवन निर्माण सुरु भएको थाहा पाएपछि सव डिभिजन वन कार्यालय लालबन्दीले ७ दिने सुचना टाँस गरेपछि  नन्देश्वरी महादेव सामुदायिक वन उपभोक्ता समुह अहिले सामुदायिक वनले भवन बनाउन सुरु गरेको भन्दै अभिव्यक्ति दिएको थियो ।
 लालबन्दी नगरपालिका १ स्थित रहेको नन्देश्वरी महादेव सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष उदय बहादुर कार्कीले पहिला पत्रकारहरुलाई भवन बनाउन दिने मौखिक सहमती गरेको भएपनि केही पत्रकारहरु बढी बाठो हुँदा अहिले सामुदायिक वनको भवन निर्माण सुरु भएको भन्नु पर्ने बताएका थिए । हुन त सामुदायिक वनको भवन होईन तर केही पत्रकार बाठा भए र अहिले विवाद भयो त्यस कारण सामुदायिक वनको भवन भन्नु पर्ने बाध्यता रह्यो उनले भनेका थिए ।
लालबन्दी नगरपालिका १ स्थित रहेको नन्देश्वरी सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्रमा भौतिक संरचना निर्माणाधिन अवस्थामा रहेको भन्दै सव डिभिजन वन कार्यालय लालबन्दीले निर्माणाधिन अवस्थामा  रहेको संरचना हटाउन भन्दै एक हप्ते सूचना टाँस गरेपछि आफु जोगिन सामुदायिक वन समुहका अध्यक्ष कार्कीले  पत्रकारहरु ज्याँदा बाठो भएर कुरो बिग्रेको भन्दै अब सामुदायिक भवन निर्माणाधिन रहेको भन्नु पर्ने बताएका थिए । पत्रकारहरुले आफ्नो भवन निर्माणको काम सुरु गरेको बताए पनि सो भवन निर्माण वन समुहले सामुदायिक भवन निर्माण सुरु गरेको भन्दै पत्रकारहरुलाई विर्गान नचाहेको अध्यक्ष र्काकीले बताएका थिए । उनले डिभिजन वन कार्यालय सर्लाही,सव डिभिजन वन कार्यालय लालबन्दी र सामुदायिक वनसंग कुनै समन्वय नभई निर्माण गरिएको भवन आफ्नो भएको र पत्रकारहरुको भवन निर्माणका लागि कसले कहाँ र कति रकम दियो त्यो विषयमा आफुलाई थाहा नभएको पनि बताएका थिए  । 
सव डिभिजन वन कार्यालय लालबन्दीको ७ दिने सुचनामा के थियो ?
सव डिभिजन वन कार्यालय लालबन्दीले भदौ ५ गते ७ दिनको म्याद राखेर वनसंग समन्वय नभई निर्माण थालिएको भौतिक संरचना हटाई,भत्काई लैजान र नलगे वन कार्यलयले बल प्रयोग गर्न बाध्य हुने भन्दै सुचना टांस गरेको थियो । सव डिभिजन वन कार्यालय लालबन्दीको सो सुचनामा वन कार्यालयसंग कुनै समन्वय नभएको र सामुदायिक वन क्षेत्र भित्र विना इजाजत घर बनाउने उद्धेश्यले घरको जग बनाउने कार्य गर्दा वन ऐनको दफा ४९(ग) बमोजिम राष्ट्रिय वन फाँड्ने वा वन क्षेत्रको जग्गा जोत्ने,खन्ने,खनिज पदार्थ उत्खनन् गर्ने,अवाद गर्ने,सडक तथा अन्य पुर्वाधार निर्माण गर्ने,घर वा छाप्रो बनाउने,व्यवसाय सञ्चालन गर्ने र वन अतिक्रमण गर्ने काम गरे वा गराएमा वन ऐन २०७६ को वर्खिलाप हुने भएकाले सो संरचना हटाउनु पर्ने उल्लेख गरेको थियो । तर २ महिना हुँदा समेत कुनै प्रक्रियामा नजाउनुले सव डिभिजन वन कार्यालय  लालबन्दी र डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख र कर्माचारीहरु माथी पनि आशंका सुरु भएको छ ।
साथै सो सुचनामा समय मै सम्बन्धीत पक्षले भत्काई,हटाई नलगेमा सव डिभिजन वन कार्यालय लालबन्दी बल प्रयोग गर्न बाध्य हुने उल्लेख गरिएको भएपनि २ महिना पुगि सक्दा पनि सव डिभिजन कार्यालय लालबन्दी र डिभिजन वन कार्यालय सर्लाही मौन बस्नुले दालमा केही कालो छ भन्ने संकेत गरेको स्थानियले बताए ।
साथै,यता डिभिजन वन कार्यालय सर्लाहीका सुचना अधिकारी राकेश रन्जन दासका अनुसार सो विषयमा सुक्ष्म तरिकाबाट अध्यायन तथा अनुसन्धान भई रहेको छ । उनले सामुदायिक वनको भवन निर्माणाधिन अवस्थामा रहेको भएपनि भवन निर्माणका लागि बजेट कहाँबाट कसरी आएको निर्माणको क्रममा डिभिजन वन कार्यालय सर्लाहीसंग समन्वय भयो भएन लगायतका विषयमा अनुसन्धान जारी रहेको बताएका थिए । सामुदायिक वन क्षेत्रमा आफुखुसी भौतिक संरचना निर्माण भएकाले आवश्यक अनुसन्धान गरी दोषि उपर कडा कार्बाही हुने समेत डिभिजन वन कार्यालय सर्लाहीका सुचना अधिकारी दासले बताएका थिए ।
त्यस्तै नेपाल पत्रकार महासंघ सर्लाही शाखाको आफ्नो कार्यालय भवन समेत नभएको अवस्थामा सामुदायिक वा मिडिया सेन्टर भवन निर्माण गर्नु आवश्यक नरहेको नेपाल पत्रकार महासंघ सर्लाही शाखाका सचिव सुनिल ठाकुरले बताएका थिए । उनले जिल्ला सदरमुकाम मलंगवामा नेपाल पत्रकार महासंघ सर्लाही शाखाको आफ्नो कार्यालय निर्माणका लागि जग्गादाता तयार रहेपनि अध्यक्ष टंक बहादुर क्षेत्री लगायतका पदाधिकारीहरु र सदस्यहरुका कारण सो सम्भव नभएको बताएका छन् ।
अहिले नेपाल पत्रकार महासंघ सर्लाही शाखा जिल्ला सदरमुकाम मलंगवामा एउटा केही वर्षका लागि सहयोगमा प्राप्त भएको भवनमा आफ्नो कार्यालय राखेर सञ्चालीत रहेको सचिव ठाकुरले बताए । पछिल्लो समय जिल्लाका सामुदायिक वन क्षेत्रको जग्गा तिब्र रुपमा अतिक्रमणमा परेको छ । व्यक्तीगत तथा सार्वजनिक र सरकारी पक्षबाट नै वन क्षेत्र अतिक्रमणको शिकार भएको वन कार्यालयले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech