इश्वरपुर ७ मा मोतीविन्दुको निःशुल्क शिविर सुरु

245 Shares

सर्लाहीको ईश्वरपुर नगरपालिका ७ बयलवासस्थित सामुदायिक आँखा उपचार केन्द्रमा सोमबारदेखि मोतीविन्दुको निःशुल्क अप्रेसन शिविर सुरु भएको छ ।आँखा उपचार केन्द्रले भरतपुर आँखा अस्पतालसँग समन्वय गरी मोतीविन्दुको निःशुल्क अप्रेसन क्याम्प सुरु गरेको इश्वरपुर नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक सुगेन्द्र महतोले जानकारी दिए ।उनका अनुसार बुधबारसम्म संचालन हुने शिविरमा पाँच सय जनाको मोतीविन्दुको अप्रेसन गर्ने योजना रहेको छ ।

26-11-2025-69272eaa2f9bb-590794708_3248668278639196_4674992938453517197_n.jpg
मोतीविन्दुको अप्रेसन क्याम्पको इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्य,नेपाली सेनाको कालिध्वज गण पाँचकुमारीका गणपति उमेश खड्का लगायतले औपचारिक रुपमा उद्घाटन गरेका हुन्।शिविरको उद्घाटनकै अवसरमा भरतपुर आँखा अस्पतालले नेपाली सेनाको कालिध्वज गणलाई सय थान चश्मा प्रदान गरेको छ ।शिविरमा भरतपुर आँखा अस्पतालका डा.पुष्पा गिरी श्रेष्ठको नेतृत्वमा मोतीविन्दुका बिरामीको शल्यक्रिया गरिने ईश्वरपुर नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । 

सम्बन्धित समाचार