नेपाल रग्वी संघ मधेश प्रदेशको संयोजकमा सर्लाहीका साह चयन

268 Shares

नेकपा(माओवाद केन्द्र)का हरिपुर नगर कमिटि सचिव रन्जीत साह नेपाल रग्वी संघ मधेश प्रदेशको संयोजक चयन भएका छन्।मधेश प्रदेशमा रग्वी खेल विकास तथा विस्तार एवम समन्वय गर्नका लागि साहको संयोजकत्वमा १३ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।नेपाल रग्वी संघको २०८१ बैशाख १५ गते बसेको बोर्ड बैठकको निर्णयानुसार २०८१ भदौ ३१ गतेभित्र राष्ट्रिय खेलकुद ऐन २०७७ अनुसार जिल्ला रग्बी संघ पुर्नगठन गरी प्रदेश रग्वी संघको साधारण सभा गर्न सर्लाही जिल्ला रग्वी संघका अध्यक्ष साहलाई नेपाल रग्वी संघ मधेश प्रदेशको संयोजक पदमा चयन गरिएको नेपाल रग्वी संघका महासचिव गोविन्द घिमिरेले जानकारी दिए। 
साहको संयोजकत्वमा गणेश थापा सह संयोजक सहित सुरेन्द्र शाह,अर्जुन चौधरी,सुर्दशन थपलिया,रवि गुप्ता,निषेश कुमार श्रेष्ठ,विकेन्द्र अधिकारी,निशा उप्रेती,रतना कुमारी चौधरी,मनिता हुमागाई,भोला यादव र सिकेन्द्र कुशवाहा सदस्य रहेको नेपाल रग्वी संघ मधेश प्रदेश तदर्थ समिति गठन गरिएको नेपाल रग्वी संघका अध्यक्ष दिपक देवकोटाले जानकारी दिए ।

सम्बन्धित समाचार