जनज्योति बहुमुखी क्याम्पसले मनायो रजत जयन्ती

457 Shares

सर्लाहीको लालबन्दी नगरपालिका ९ स्ति रहेको जनज्योति बहुमुखी क्याम्पसले २५ औँ रजत जयन्ती मनाएको छ।२५ औं वर्षमा विभिन्न चुनौती पार गर्दै मधेस प्रदेशमै नमुना क्याम्पस बन्न जनज्योति बहुमुखी क्याम्पस सफल भएको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष दिपक अधिकारीले जानकारी दिए ।उनका अनुसार सर्लाही मै पहिलो पटक स्नातकोत्तर सञ्चालन गर्ने जनज्योतिको विं सं २०५७ सालमा स्थापना भएको हो ।
क्याम्पसमा प्लस २,स्नातक तह,स्नातकोत्तर गरि एक हजार पाँच सय १७ जना विद्यार्थीहरु  अध्यनरत रहेका क्याम्पस प्रमुख उमेश तिमल्सिनाले जानकारी दिए ।उनका अनुसार क्याम्पसमा मानविकी,शिक्षा र व्यवस्थापन संकाय लगायत विभिन्न संकायको अध्यापन हुने गरेको छ।
 रजत जयन्तीका प्रमुख आतिथि एवम विश्व विद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीले स्थानीय सरकार,प्रदेश सरकार,संघीय सरकार र स्थानिय नागरिक तथा अभिभावक लगायत सबैको सहकार्यमा क्याम्पसको प्रगति हुने बताए ।उनले सरकारी क्याम्पसले पनि विश्व विद्यालय  अनुदान आयोगबाट क्यु.ए.अनुदान)लिन नसके अवस्थामा जनज्योति क्याम्पसले क्यु ए अनुदान पाउनु भनेको ठुलो उपलब्धी भएको बताए।
“उच्च शिक्षा गाउँ गाउँ पुगेका कारण क्याम्पसमा विद्यार्थीहरुको संख्या घट्दै गएको छ ।निजी क्याम्पसहरुमा विद्यार्थीको संख्या घटेको हुदा ती क्याम्पसहरु सामुदायिक क्याम्पससँग मर्ज भए भने मापदण्ड पूरा गरेपछी विश्व विद्यालय अनुदान आयोगबाट त्यस्ता क्याम्पसले पनि अनुदान पाउने छन् ।” विश्व विद्यालय अनुदान आयोगका अध्यक्ष अधिकारीले बताए ।
विश्व विद्यालय अनुदान आयोग अध्यक्ष अधिकारीले अबको शिक्षा बेरोजगारी हटाउन,उत्पादन बढाउन र गरिबी हटाउने खालको लागि हुनुपर्छ।शिक्षा प्रविधिमैत्री तथा सिपमुलक बनाउनुपर्ने विश्व विद्यालय अनुदान आयोगका अध्यक्ष अधिकारीले बताए।उच्च शिक्षामा अनुसन्धान मुलक शिक्षाको आवश्यकता भएको र  अनुदान आयोगले अनुसन्धानमुलक शिक्षाको लागि रु एक अर्ब सरकारले लगानी गरेको उनले बताए । 
रजत जयन्ती समारोहमा उपस्थित भएका सर्लाही क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य राम प्रकाश चौधरीले क्याम्पस विकासको लागि आफुले हर सम्भव प्रयास गर्ने बताए ।जनज्योति बहुमुखी क्याम्पस देशैभरीमा नाम स्थापित गराउन सफल भएकोमा आफुलाई खुसि लागेको प्रदेश सभा सदस्य एवम निवर्तमान मन्त्री बेची लुङ्गेलीले बताईन् ।

सम्बन्धित समाचार