सर्लाहीमा अवैध नदी दोहन,सरोकारवाला निकाय मौन

375 Shares

सर्लाहीको लालबन्दी नगरपालिका स्थित कालिन्जोर र लखन्देहीमा सरकारी संयन्त्रकै संलग्नतामा प्राकृतिक स्रोतको दोहन भइरहेको छ।कालिन्जोर र लखन्देहीमा नदीमा अवैध रुपमा नदी दोहन भएको पाइएको छ।लालबन्दी नगरपालिकाले ठेक्का लगाएर आदित्य सोनु जोभी बर्दिवासले ठेक्का बमोजिमको उत्खन्न गरी बन्द गरिएको भएपनि फेरी ठेकेदार कम्पनीले आफुखुसी नदीजन्य पदार्थको उत्खन्न गर्न सुरु गरेको छ ।
लालबन्दी नगरपालिका,जिल्ला समन्वय समिति सर्लाहीका साथै जिल्लाका सरोकारवाला निकायहरुले यस अघि नै परिमाण पुरा भई सकेको भन्दै नदीजन्य पदार्थको उत्खन्न रोकेका भएपनि केही समयपछि ठेकेदारले राजनीतिक शक्तिको आडमा अवैध तरिकाले नदी दोहन सुरु गरेको भएपनि सरोकारवाला निकाय मौन देखिएको छ।सर्लाहीको लालबन्दी नगरपालिका १७ को आसपासमा नदीले कटान गर्दा खेतीयोग्य जमिनभित्र रहेको कालिन्जोर र लखन्देही लगायतका नदी उत्खन्नले त्यहाँका कृषियोग्य जमिन कटान हुने गरेको भएपनि सरोकारवाला निकाय मौन देखिएको छ ।
मापदण्ड विपरीत वर्षेनी अवैध रुपमा नदी उत्खन्न हुँदा पनि स्थानीय सरकार,प्रशासन भने मौन रहेको स्थानीयको गुनासो छ।राजनीतिक दलका आडमा नदी उत्खनन हुँदा पनि स्थानीय सरकारले किन रोक्न सक्दैनरु स्थानीय सरकारले रोक लगाउन नसक्दा कहीँ नदी उत्खननमा संलग्न रहेको स्थानीय बासिन्दाको आशंका गरेका छन् । 
स्थानीय सरकारको क्षमता पुग्दैन भने यस्ता काममा प्रदेश सरकारले पनि अग्रसरता लिनु पर्ने हो।तर त्यसो देखिदैन।सरकारले नै निर्णय गरिदिएर सहजीकरण पनि गरिदिन सक्छन्। अर्कोतर्फ शुल्क उठाउने विषयमा स्थानीय सरकारको स्रोत(साधनको मामिला पनि हो,त्यसैले प्रदेश सरकारहरू यसमा सक्रिय हुन भने चाहँदैनन् ।
कुन ठाउँमा कति मात्रामा उत्खनन गर्न सकिने भन्ने कानूनमै व्यवस्था छ।उत्खन्नको मात्रा तोकिदिएको छ।एकपटक अध्ययन भएको ठाउँमा तोकिए भन्दा बढी ढुंगागिटी झिक्न पाइँदैन।हरेक २÷२ वर्षमा वातावरण अध्ययन प्रतिवेदनको पुनरावलोकन हुनुपर्छ किनभने तोकिए जति निकाल्ने तर माथिबाट अरू बगेर आएन भने सतहमा खाल्डो हुने र कटान गर्ने समस्या देखिन सक्छ ।
२०५० मा भीषण बाढीले चुरे क्षेत्रबाट बगेर आएका ढुंगा गिट्टी अहिले जिल्लाका भू माफियाहरुका साथै क्रसर माफियाहरुको नाममा प्रयोग हुँदै दोहन भइरहेको छ।केही किसानहरुले आफ्नै खेतमा क्रसर राखेर उत्खन्न गरेको भन्दै प्रहरी प्रशासन समक्ष जानकारी गराए पनि प्राविधिक कानुनको उल्लंघन गर्दै दोहन कायमै रहेको छ।यसले स्थानीय प्रशासन र सरोकारवाला निकायहरूको भूमिकामाथि पनि गम्भीर प्रश्न खडा गरेको छ।सो सम्बन्धमा लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपानलाई सोध्दा उनले नगरपालिकासंग कुनै समन्वय वा नगरपालिकालाईकुनै जानकारी नगराई आफुखुसी ठेकेदारले उत्खन्न  सुरु गरेको बताए ।

सम्बन्धित समाचार